‘सेक्सी’ चिया बेचेकै कारण माफी माग्नुपर्यो

चीनको एउटा चर्चित पेय पदार्थ कम्पनीलाई आफ्नो नयाँ उत्पादनमा सेक्सियस्ट नारा लेखेकै कारण सामाजिक सन्जालमा आलोचना झेलेको छ । कुरा त्यतिमै रोकिएन, अन्तत: त्यस कम्पनीले माफी नै माग्नु पर्‍यो । के थियो नारा ? आउनुहोस्, जानौं ।

‘सेक्सी टी’ पसलले हालै चिया खाने नयाँ मग बजारमा ल्याएको थियो । मगमा कम्पनीले हुनान प्रान्तको राजधानीमा बोलिने थुप्रै भनाइ प्रिन्ट गरेको छ । जसमध्ये ‘मोल-भाउ’ शब्द लेखिएको थियो, यो शब्द कारोबारका क्रममा सस्तो डिलका लागि प्रयोग गरिन्छ । साथै आफ्नो चिया पर्खिंदासम्म महिलाहरुलाई छान्न सकिने भन्दै लेखेका थिए । 


मगमा छापिएको एउटा फोटो चीनमा प्रयोग हुने सामाजिक सन्जाल विगोमा आएपछि आलोचना हुन थालेको हो । चर्को आलोचनापछि कम्पनीले लामो बयान जारी गर्दै माफी मागेको छ । कम्पनीले जारी गरेको बयानमा यसो भनिएको छ, “हामीले एउटा अनुचित वाक्य बनायौं, स्थानीय बोलीचालीमा पनि मान्छेहरुले स्वीकार गरेनन्... हामी निकै लज्जास्पद छौं । हामीले महिलालाई अपमानित गर्न खोजेका थिएनौं ।” 


सअघि यो चिया पसलले आफ्नो टी ब्यागमा भ्यागुताको चित्र राखेर ‘मास्टर, आई वान्ट यू' स्लोगन राखेको थियो । जसमा भ्यागुता स्पमजस्तो देखियो भनेर विवाद उठेको थियो । यसको बचाउमा कम्पनीले महिलालाई अपमान गर्ने उद्देश्य नभएको बताएको थियो । 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक