निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ कसैको व्यक्तिगत स्वार्थका लागि अनुसन्धानलाई मोड्न खोजिने गरेको बताउँदै निर्मलको घटनामा संलग्नलाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभयो । 

‘हामी अब दृढताका साथ अगाडि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैले दबाब दियो, गलत बाटो हिँडाउन खोज्यो भने त्यो गलत बाटो हिँड्नुपर्ने छैन ।’

समाजमा विकृत मनस्थिति भएका व्यक्तिका कारण बलात्कार र हत्याका घटना हुने गरेको बताउँदै उहाँले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल भएकोमा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले कतिपयले यस्ता घटनामा राजनीति गर्न खोजेको आरोप लगाउँदै बैतडीका स्थानीय, प्रशासन, राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ताको सहयोगले नेपाल प्रहरी अनुसन्धानमा सफल भएको बताउनुभयो । 

उहाँले आन्दोलन र दबाबका कारण अपराधीलाई छुट दिन नहुने बताउँदै दोषीलाई कानुनी कठघरमा ल्याइने बताउनुभयो । प्रधानमन्त्री ओलीले समाजमा शान्ति–सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम सरकारको भएको उल्लेख गर्दै त्यो अहिले भइरहेको दाबी गर्नुभयो ।  

सम्बन्धित सामग्री

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन्। दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दावी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्। ‘भागरथीको

पहिलो पोस्ट

कञ्चनपुर पुगेर प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको गरे शिलान्यास

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर पुगेर दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमवार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक

पहिलो पोस्ट

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र …

अनलाइनखबर

निर्मला पन्तका हत्यारा अब उम्किँदैनन् : प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै उहाँले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्...

प्रधानमन्त्री ओलीले भने : म पनि निर्मलाको अभिभावक हूँ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न कसैलाई छुटकारा नहुने बताउनुभएको छ । ट्वीटमार्फत प्रधानमन्त्री ओलीले आफू पनि निर्मलाको अभिभावक भएकाले निर्मलाको हत्यारालाई कसैगरी छुट नहुने बताउनुभएको हो । निर्मला पन्तको हत्याकाण्डमा प्रधानमन्त्री ओलीले प्रारम्भिक छानबिनम...

उज्यालो अनलाइन

कञ्चनपुर घटनाले स्तब्ध बनाएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै कञ्चनपुरमा भएको निर्मला पन्तको हत्याको विषयले आफूलाई स्तब्ध बनाएको बताएका छन्। मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुर घटनाले सबैलाई दुखित बनाएको भन्दै सत्यतथ्य चाडै सार्वजनिक हुने र अपराधिलाई कारबाही हुने बताए।

सेतोपाटी

पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको स्पष्ट पार्नुभयो । शनिबार निर्मला हत्याकाण्डको यथाचित छानबिन गर्न मा...

उज्यालो अनलाइन

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री ओली

९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले …

अनलाइनखबर