टुंडिखेलको कार्यक्रमबाट प्रधानमन्त्रीले पोखे निर्वाचन आयोगसँगको असन्तुष्टी

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगसँग असन्तुष्ट बनेका छन् । कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको खण्डन समेत गरे।

 ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।  


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका थिए। साथै, तोकिएको समयमै निर्वाचन हुने दाबीसमेत प्रस्तुत गर्दै उनले ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने बताएका थिए। प्रधानमन्त्रीले आयोग मध्यावधि चुनावको तयारीमा नलागेको भन्दै असन्तुष्ट समेत व्यक्त गरे।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।