घोषणापत्र जारी गर्दै बृहत नागरिक आन्दोलनले भन्यो- ‘नेपाली सेना टुँडिखेल छोड’

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले आज पनि टुँडिखेलमा मार्चपास गर्यो । प्रजातन्त्रको प्रतीक टुँडिखेललाई खुल्ला गर्न माग गर्दै निकालिएको र्‍याली रत्नपार्कबाट सुरु भई महाँकाल मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो।

आज टुँडिखेल भित्र प्रवेश गर्ने कार्यक्रम भए पनि प्रहरीको घेराको कारण सफल भएन। त्यस्तै, ताल्चा लगाइएको टुँडिखेलमा नेपाली सेनाको पनि बाक्लो उपस्थिति थियो।


'जनाताको हो टुँडिखेल', 'नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ' लगायतका विभन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरु मार्चपासमा सहभागी भएका थिए । टुँडिखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएकाे हुँदा रत्नपार्कबाट सुरु मार्च पास आर्मी अस्पताल अघि सभामा परिणत भएको हो।


'टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन', 'शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन', 'टुँडिखेल अब मुक्त हुनुपर्छ' भन्ने 'बृहत नागरिक आन्दोलन'को भनाइ छ।


शुक्रबार दिउँसो टुँडिखेल मार्चपछि आयोजित सभामार्फत 'बृहत् नागरिक आन्दोलन'ले नागरिक घोषणापत्र सार्वजनिक गरेको छ। अभियन्ता जेबी विश्वकर्माले घोषणापत्र वाचन गरी सार्वजनिक गरेका हुन्।


नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु गरेको आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाउँदै आएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।