स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउने बताएका छन्।
६० वर्षभन्दा माथिका करिब २८/२९ लाख जनसङ्ख्या रहेको अनि ५५ वर्ष माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको बताइएको छ।
६० वर्ष माथिका मानिसहरूले नागरिकता वा मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ।