फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई काेराेना खोप लगाइने

काठमाडौं : सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको गौतमले बताए। ‘यी सबैमा केही जटिल समस्या देखिएको छैन,’उनले भने,‘खोप सुरक्षित रहेकाले नहिच्किचाइ खोप लगाउन अनुरोध गर्दछौँ।’

उनका अनुसार प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ मा ८४ प्रतिशत, बागमती प्रदेशमा ८४ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ७२ र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले खोप लगाएका छन्। 

माघ १४ गतेदेखि पत्रकार,स्वास्थ्यकर्मी,भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाएका थिए। भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयाेग भइरहेकाे छ। सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने  निर्णय गरेकाे छ। 

सम्बन्धित सामग्री

आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै

कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ। 

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने

काठमाण्डाै - सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधवार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा त्यसभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।  ...

उज्यालो अनलाइन

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ।

नागरिक दैनिक

६० वर्षमाथिका नागरिकलाई २३ फागुनदेखि कोरोना खोप

५ फागुन, काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय …

अनलाइनखबर

फागुन २४ देखि समुदायस्तरमा कोरोना खोप लगाइने

काठमाडौ :  सरकारले फागुन २४ गतेदेखि कोरोना विरुद्धको खोप समुदायस्तरमा लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषज्ञ चिकित्सक डा.रोशन पोखरेलले ​फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको बताए । हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृया अगाडि बढेको उनले…

थाहा खबर

दोस्रो प्राथमिकतामा परेकालाई फागुन दुई गतेदेखि खोप

सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो […]

कारोबार दैनिक

देशभर १ लाख ५८ हजारभन्दा बढीले लगाए कोरोना खोप

२२ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी …

अनलाइनखबर

देशभर १ लाख ४५ हजारभन्दा बढीले लगाए कोरोना खोप

२१ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको आठौं दिन बुधबारसम्म देशभर १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति …

अनलाइनखबर

लकडाउन खुलेयता आजसम्ममा थपिए १५ सय ५३ संक्रमित

काठमाडौं :  नेपालमा लकडाउन खुलेयता मात्र १५ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। कोरोनासम्बन्धी नियमित अद्यावधिक प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन्। सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन साउन ७ गतेदेखि हटाएको थियो। त्यस्तै प्रवक्ता गौतमका अनुसार पछि...

थाहा खबर