चोट सावित्रालाई, पीडा एपिएफलाई

फागुन ३ गतेको महिला लिग अन्तर्गतको सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिसबीचको खेलमा एपीएफकी सावित्रा भण्डारी (साम्बा) मैदानमा लडेकी थिइन्। केहीबेर मैदानमा ढलेकी साम्बा राम्रोसँग हिँड्न सकिनन्। साम्बाको चोटले एपिएफलाई पीडा दिलाएको छ, अब एपिएफले साम्बाको अनुपस्थितिमा बाँकी दुई खेल खेल्नु पर्नेछ।

खेलको ६९ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएर उनी लडेकी थिइन्। उनको 'एन्टेरियर क्रुसिएट लिगामेन्ट' च्यातिएको एपीएफकी प्रशिक्षक भगवती थापाले जानकारी दिएकी छन्।


राष्ट्रिय महिला लिगको शीर्षस्थानमा रहेको एपिएफका बाँकी खेलमा मात्र होइन अब एक वर्ष टोलीलाई भण्डारी साथ नरहने देखिएको छ । राष्ट्रिय टोलीको खेल परेपनि टोली सावित्राबिना उत्रनुपर्ने अवस्था सिर्जना भएको छ। 


भण्डारीको उपचार सुरुबाटै बिएण्डबी हस्पिटलमा भइरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमार्फत एन्फाले उनको उपचारका लागि सक्रिय हुने बताएका छन्।


'साम्बा' को नाममा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान छ। सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवै पटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।


जारी लिगमा साम्बाले गरेका गोल 

पहिलो चरण : चन्द्रपुरविरूद्ध - ३ गोल, विराटनगरविरूद्ध - ४ गोल, आर्मीविरूद्ध - ० (एपिएफले गरेका दुवै गोलका लागि पास), पुलिसविरूद्ध - ३ गोल, वालिङविरूद्ध - २ गोल, चौदण्डीगढी - १२ गोल 

दोस्रो चरण : चौदण्डीगढी - ८ गोल, चन्द्रपुरविरूद्ध - ६ गोल, वालिङविरूद्ध - ५ गोल 

पुलिसविरूद्ध - ०, विराटनगरविरूद्ध - खेल हुन बाँकी, आर्मीविरूद्ध - खेल हुन बाँकी


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।