भाइरल गीत ‘फूलबुट्टे सारी’मा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा

चर्चित गीत ‘फूलबुट्टे सारी’ मेल, फिमेल, चाइल्ड जस्ता विभिन्‍न भर्सनमा सार्वजनिक भइरहेको छ। सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको लेजेण्डरी भर्सन सार्वजनिक गरिएसँगै यसले चर्चा बटुलीरहेको छ।

राजनराज सिवाकोटीको यस गीत हालसम्म मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। मेल भर्सनमा मार्मिक लामा र फिमेल भर्सनमा मिलन नेवारको स्वर छ भने चाइल्ड भर्सनमा राजनराज सिवाकोटीकै छोरी अरिष्माको स्वर छ। 


करोडौं भ्यूज पाइसकेको यो गीतलाई लेजेण्डरी भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाज छ।उक्त गीतको भिडियोमा मदनकृष्णको स्वरसँगै अभिनय पनि रहेको छ। भिडियोमा अभिनेत्री मिथिला शर्मा मदनकृष्णको जोडी बनेकी छिन्।


भिडियोमा घरायसी पाको उमेरका बूढाबूढीको लभ सिक्वेन्स देखाइएको छ। वृद्ध अवस्थामा हुने माया प्रेम र सद्‍भाव नै यसको कथा रहेको राजनराज बताउँछन्। 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।