सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत गोंगबुबाट समातिए

बेबारिसे शव व्यवस्थापन गर्दै आइरहेकी सपना रोका मगरमाथिको अभद्र व्यवहार मुद्दामा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ। सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।

१८ वर्षीय सपना बेवारिसे शव व्यवस्थापन गरेको कारण सय विश्वका एक सय प्रभावशाली महिलामा पर्न सफल भएकी थिइन्। मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो।


बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।


मगरले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी हुन्। बस्नेतले आफूसँग सपनाको अश्लील फोटोहरू भएको र सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए। 


बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।