साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन उतारचढावकाबीच सेयर बजार १६ अंकले ओरालो लागेको छ। २५६४ अंकसम्म उचालिएको बजार कारोबार बन्द हुँदा घटेर २५२६ अंकमा आइपुगेको छ। बिहीबार एक करोड ५८ लाख कित्ता सेयर आठ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन्।   

बिहीबार कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको मूूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेेको छ।

 चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य ५ प्रतिशतले बढेको छ भने लुम्बिनी विकास बैंकको ४ प्रतिशतले बढेको छ।

 बिहीबार डेप्रोस लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नबिल बैंकको ३८ करोड रुपैयाँ, कुमारी बैंकको ३२ करोड रुपैयाँ, प्रभु बैंकको ३० करोड रुपैयाँ र ग्लोबल आइएमइ बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

वाणिज्य बैंक १०.७९, विकास बैंक २०.१४ र म्युचल फन्ड ०.०३ अंकले बढेका छन्। अरु सबै सूचकहरु घटेका छन्।

निर्जीवन बीमा समूह २०७.२२, जीवन बीमा २१४.३९, म्यानिफ्याक्चरिङ १०९.८५, माइक्रोफाइनान्स १२८.०५ ले घटेका छन्। यस्तै, ट्रेडिङ समूह ४०.४९, होटल ४२.८५, जलविद्युत २५.५८, फाइनान्स समूह १८.४६ अंकले घटेका छन्।

सम्बन्धित सामग्री

सेयर बजारमा तीब्र उतारचढाव

अघिल्लो दिन सामान्य अंकले घटेको सेयर बजार बुधबार भने सकारात्मक देखिएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार तीब्र उतारचढावबीच १५.८७ अंकले बढेर २३४२.७६ अंकमा उक्लिएको हो ।केही दिनदेखि लगातार दोहोरो अंकको सुधार देखिएको बजारमा मंगलबार भने ब्रेक लाग्दै ५.५७ अंकको ओरालो लागेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक […]

कारोबार दैनिक

सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक ५ अंकले घट्याे

६ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० …

अनलाइनखबर

हप्तैभरी उतारचढाव आएको बजारमा १०० अंकको गिरावट, अन्तिम दिन ८ अंकले बढ्यो बजार

काठमाडौं। हप्तै भरी निकै उतारचढाव देखिएको सेयर बजार एक सातामा १०० अंकले घटेको छ। साताको अन्तिम दिन भने ८

बीजमांडू

नेप्सेमा करिब ५ अंकको गिरावट, कारोबार रकम २० करोड नाघ्यो

१८ असार, काठमाडौं । आइतबार १४ दशमलव १ अंकले घटेर बन्द भएको सेयर बजार सोमबार उतार-चढावकाबीच अन्तमा ४ दशमलव ८२ अंकले घटेर बन्द भएको छ । सोमबार कारोबार खुला भए लगत्तै ओरालो लाग्न शुरु भएको सेयर बजार १२ बजेर २२ मिनेटसम्म आइपुग्दा करिब १० अंकले घटेको थियो । त्यसयता बढ्नु …

अनलाइनखबर

सेयर बजारमा केही दिनदेखि गिरावट, अाज पनि २९.२५ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिनमा (बिहिबार) नेप्से परिसुचक २९.२५ अंकले ओरालो लागेको छ । शुरुमा बढेको बजार केही समय बढेर लगातार ओरालो लाग्दै कारोबार बन्द हुने बेलासम्म २९.२५ अंकले बजार ...

नेपाल आज

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

Nagarik