वसन्तपुर डबलीमा माघ २७ गते मंगलबार दिउँसो सडक कविताकै झल्को दिने कार्यक्रम भयो। ‘न्यायका लागि कविता’ नामक ब्यानरमा दुई दर्जन युवा कविहरूले डबलीमा कविता सुनाएका हुन्।
अंशु खनालबाट सुरु भएको कविता वाचनमा कपिल चौलागाईं, महावीर विश्वकर्मा, सुनिल आङ्बो, समर्पण श्री, स्मृति रानाभाट, पवन ढुंगाना, प्रभात तिमिल्सिना, प्रज्वल अधिकारी, राजु झल्लुप्रसाद, रसिक राज, कपिल चौलागाईं, बच्चु हिमांशु, राजु स्याङ्तान, सरस चरी, स्मृति रानाभाट, लक्ष्मी रुम्बा, प्रेमिला राईलगायत २० युवाले कविता सुनाएका थिए।
यस पहिले पुष १७ गते २०६२ सालको जनआन्दोलनमा ‘बिसे नगर्चीको बयान’ कविता सुनाउँदै जनताको मन जितेका मुकारूङ १५ वर्षपछि आफू फेरि सडकमा आउन बाध्य भएको बताउँदै थिए ।
मुकारूङसँगै डेढ दर्जन कविले त्यस दिन माइतिघरमा प्रतिगमन विरूद्ध कविता वाचन गरेका थिए ।