छोटकरीमा : चुनाव निर्धारित समयमै हुने सरकारकाे दाबी

सरकारले निर्धारित समयमै चुनाव हुने दाबी गरेकाे छ। मंगलबार प्रधानमन्त्री स्वयं निर्वाचन आयोगमा चुनावकाे तयारीकाे विषयमा जायजा लिन पुगी समयमै चुनाव हुने बताएका हुन्। सरकारले हिजाे मात्रै पहिलाे चरणमा ४० तथा दाेस्राे चरणमा ३७ जिल्लामा चुनाव गराउने निर्णय गरेकाे थियाे। तर, नेकपाकै प्रचण्ड-माधव खेमाले ओलीको कदम नसच्चिए देश गम्भीर संकटमा फस्ने बताएकाे छ।



आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार निर्वाचन आयोग पुगेका छन्। आयोगमा प्रधानमन्त्रीले चुनावकाे तयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सरकारले हिजाे मात्र पहिलाे चरणमा  ४० जिल्लामा तथा बाँकी ३७ जिल्ला दोस्रो चरणमा चुनाव गर्ने निर्णय गरेकाे छ। आयोगले समेत निर्वाचन तालिका छिट्टै प्रकाशित हुने बताएकाे छ।



उता नेकपाकै प्रचण्ड-नेपाल समूहले ओलीको कदम नसच्चिए देश संकटमा फस्ने बताएकाे छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विदेशी सञ्चारमाध्यमहरूसँग बाेल्दै यस्तो चेतावनी दिएका हुन्। अध्यक्षद्वयले अन्तर्राष्ट्रिय समर्थन समेत खाेजेका छन्।



उता जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जित्ने परिस्थिति भए मात्रै चुनाव गर्ने बताएका छन्। उनले धाँधली गरेर जित्ने ग्यारेन्टी भए मात्रै चुनाव हुने बताएका हुन्। त्यस्तै संसद विघटन विरुद्ध विवेकशील साझाले काठमाडौँमा जुत्ता प्रदर्शन गरेकाे छ।


सम्बन्धित सामग्री

वनमन्त्रीकाे दाबी, 'मलाई एक अर्ब घुसको अफर आयो'

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएकाे बताएका छन्। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी उनले गरेका हुन्। ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो।

छोटकरी विशेष

झापा पुगेर ओलीले भने, हटाएछन् भने दुई तिहाइ ल्याएर फेरि आउँछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। उनले आफूहरू जनताका लागि ‘कम्फर्टेबल’ भएको भन्दै कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका हुन्।

छोटकरी विशेष

न्यूनतम् ५० कित्ता आईपीओको प्रावधान आउँदै, गृहकार्य सुरु

नेपाल धितो बोर्डले १० कित्ता शेयरको प्रावधानलाई हेरफेर गर्न गृहकार्य सुरु गरेको छ। शेयर बजारमा सबैको पहुँचलाई स्थापित गर्ने उद्देश्यले ल्याइएको १० कित्ता प्रावधानमाथि पुनरावलोकन गर्दै उक्त व्यवस्था हटाउन बोर्डले तयारी थालेको हो। १० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको थियो। अहिले सोही अनुसार पुनरावलोकनको समय आएको बोर्डले बताएको छ। नयाँ प्रवधानअनुसार न्यूनतम् ५० कित्ता राख्ने गरी छलफल भइरहेको छ।

छोटकरी विशेष

सरकार र विप्लव समूहबीच वार्ता हुँदै, दुवै पक्षले बनाए वार्ता टाेली

सरकारले विप्लव समूहका नामले चिनिने नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको विद्राेही समूहसँग वार्ताका लागि टाेली गठन गरेकाे छ। गृहमन्त्री रामबहादुर थापा 'बादल'काे संयाेजकत्वमा सरकारले वार्ता टाेली गठन गरेकाे हाे। सरकारले वार्ता टाेली गठन गरेसँगै विप्लव समूहले पनि वार्ता टाेली बनाएकाे छ। समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टाेली बनाएकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका थिए।

छोटकरी विशेष

पुनः बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य पुनः बढाएकाे छ। निगमले साेमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हाे। नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। फाल्गुनमै पेट्राेलियम पदार्थकाे मूल्य दाेस्राेपटक बढेकाे हाे।

छोटकरी विशेष

निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने प्रचण्डको दाबी

नेकपाकाे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने दाबी गरेका छन्। नेकपाको वैधानिकता र चिन्ह आफूहरूले पाउने भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको उनले बताएका हुन्। निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको भन्दै उनले आयोगले केही दिनमा नै बहुमतले गरेको निर्णयलाई मान्यता दिने बताए।

छोटकरी विशेष

फाल्गुन २३ गतेका लागि बाेलाइयो संसद बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन २३ गतेका लागि संसद बैठक बाेलाएकी छन्। सरकारकाे सिफारिसमा संसद विघटन भएकाे भएपनि सर्वाेच्चले परमादेश जारी गर्दै विघटन खारेज गरेपछि संसद पुनः बस्न लागेकाे हाे। सर्वाेच्चले परमादेशमा १३ दिनभित्र संसद बाेलाइसक्न भनेकाे थियाे।

छोटकरी विशेष