सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। कुलमान घिसिङलाई पुनःनियुक्ति दिन कानुनी अड्चन भएकाे बताएकाे सरकारले शाक्यलाई भने विना प्रतिस्पर्धा नियुक्त गरेकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै घिसिङकाे नियुक्ति राेकेका थिए।
कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव अलपत्र परेको करिब ५ महिनापछि सोमबार मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त गरेको छ। कानुनी अड्चन देखाएर कुलमानकाे नियुक्ति राेकेकाे सरकारले शाक्यलाई विना प्रधिस्पर्धा कार्यकारी नियुक्त गरेकाे हाे।
यसअघि सरकारले कुलमान घिसिङलाई कानुनी अड्चनका कारण पुनःनियुक्ति दिन नसकिने बताएका थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनकाे नियुक्ति राेकेका थिए। सर्वसाधारणले पनि विद्युत प्राधिकरणमा कुलमान नै चाहिने माग गरेका थिए।