६ महिनामा झण्डै पाँच खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७३ प्रतिशतले घटे

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यो गएकाे वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब १९ करोड पुगेको छ । 

यस्तै पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६८ दशमलव ९ प्रतिशतले घटेको छ । 

यस्तै सरकारको चालु खाता पुससम्म ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिले शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति अहिले एक अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ ।  

सम्बन्धित सामग्री

चार महिनामा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७० प्रतिशतले घटे

काठमाण्डाै – कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स ११ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएकाे वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले धेरै हो । अमेरिकी डलरम...

उज्यालो अनलाइन

रेमिट्यान्समा देखिएन कोरोनाको असर, ३ महिनामा २ खर्ब ५८ अर्ब रुपैयाँ भित्रियो

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण ठूलो असर पुग्ने अनुमान विपरीत रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको...

उज्यालो अनलाइन

साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ । गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ ...

उज्यालो अनलाइन

रेमिट्यान्स ४५ अर्बले घट्यो

चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा स्वदेश भित्रिने रेमिट्यान्स गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ६.१ प्रतिशतले अर्थात् करिब ४५ अर्बले घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएकोमा चालू आर्थिक वर्षको वैशाखसम्ममा जम्मा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमात्र भित्रिएको नेपाल राष्ट्र बैकले जनाएको छ । गत आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । चालू आवको १० महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ ।

कारोबार दैनिक

विदेश भ्रमणमा नेपालीको खर्च घट्यो, नेपाल आउने पर्यटकको खर्च मनग्य बढ्दै !

काठमाण्डाै – नेपालीले विदेश भ्रमण गर्दा हुने खर्चमा व्यापक कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३७ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन् । याे खर्च गएकाे आर्थिक वर्षको ६ महिनाको तुलनामा २१ दशमलव ७ प्रतिशतले कमी हो । गएकाे आर्थिक वर्षको साउनदेखि पुस...