छोटकरीमा : रिहानको एक ट्वीट, जसले भारतमा तरंग ल्यायो

विश्वचर्चित वातावरण अभियन्ता ग्रेटा थनवर्गले भारतमा जारी किसान आन्दोलनको पक्षमा आफ्नो समर्थन दोहोर्‍याएकी छन् । यस्तै, पप स्टार रिहानाको एक ट्वीटले भारतभित्र यति गर्मी बढायो कि त्यसको रापको महशुस खेलाडीदेखि सेलिब्रेटीसम्मले गरे।

किसान आन्दोलनको पक्षमा ट्वीट गरेको भन्दै आफूविरुद्ध एफआईआर दायर भएको चर्चा चुलिएकै बेला ग्रेटाले आफू किसानको पक्षमा रहेको बताएकी हुन् । पप स्टार रिहानाले बुधबार किसान आन्दोलनको पक्षमा ट्वीट गरेकी थिइन् । जसले भारतमा हल्लीखल्ली मच्चाएको छ।


बुधबार भारतीय मिडियामा एकाएक किसानका आन्दोलनले चर्चा पायो। एक महिना अघिदेखि चलेको किसानको आन्दोलनलाई यसअघि भारतीय मिडियाले खासै महत्त्व दिएका थिएनन्। तर जब पप स्टार रिहानाले भारतीय किसान आन्दोलनबारे जिज्ञासा राख्दै एक ट्वीट गरिन, त्यसले भारतमा तहल्का मच्चायो। 


३२ वर्ष अघि बारबाडसमा जन्मेकी रिहान्नाले मंगलबार भारतमा चलिरहेको किसान आन्दोलनबारे सीएनएनले आफ्नो अनलाइन संस्करण प्रकाशित गरेको समाचार शेयर गर्दै ट्वीट गरेकी थिइन्। 


रिहान्नाको ट्वीटले भारतभित्र यति गर्मी बढायो कि त्यसको रापको महशुस खेलाडीदेखि सेलिब्रेटीसम्मले गरे।

अन्ततः भारतको विदेश मन्त्रालय विज्ञप्ति निकाल्न बाध्य भयो। 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक