सभामुख अग्निप्रसाद सापकोटाले हालै गरिएका संवैधानिक नियुक्तिहरूविरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य ३८ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट दायर गरेसँगै उनले पत्रकार सम्मेलन गरेका छन्। सम्मेलनमा उनले संविधानमाथि लगातार हमला भएकाले अदालतमा रिट निवेदन दिनुपरेकाे बताएका छन्।
सभामुखले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित संवैधानिक निकायमा नियुक्ति लिएका सबै जनालाई कानुनी चुनौती दिएका हुन्।
सभामुख सापकाेटाले रिट निवेदन पछि पत्रकार सम्मेलन गरेका छन्। उनले संविधानमाथि लगातार प्रहार भएपछि रिट निवेदन गर्नुपरेकाे बताएका छन्।
रिटको पेशी आइतबारको लागि तोकिएकाे छ।