नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-नेपाल समूहले आव्हान गरेकाे नेपाल बन्द सहितकाे एकदिने हड्ताल सकिएकाे छ। देशभरि आंशिक प्रभाव रहेकाे हड्ताललाई प्रचण्ड समूहले सफल भएकाे बताएकाे छ भने प्रधानमन्त्रीले जनतालाई किन दुःख दिएकाे भन्दै प्रश्न गरेका छन्। हड्तालका क्रममा समूहका कैयाैं नेता कार्यकर्ता पक्राउ परेका छन् भने थुप्रै घाइते भएका छन्।
प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सकिएकाे छ। हड्तालका कारण देशभरको जनजीवन प्रभावित रहेकाे छ। हड्तालका क्रममा नेकपाका अध्यक्ष प्रचण्ड स्वयं समेत सडकमा निस्किएका थिए। समूहले आफूहरूकाे हड्ताल सफल भएकाे बताएकाे छ।
हड्तालका क्रममा देशका विभिन्न स्थानबाट प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यक्रताहरू पक्राउ परेका छन् भने प्रहरीसँगकाे भिडन्तमा कैयाैं नेता तथा कार्यक्रता घाइते समेत भएका छन्। नेकपाका शीर्ष नेताहरू भने गाडी र स्कुटीमा हड्तालकाे जायजा लिन पुगेपछि उनीहरूकाे आलाेचना समेत हुन थालेकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहकाे हड्तालले कम्युनिस्ट आन्दोलनको बदनाम भएकाे बताएका छन्। त्यस्तै उनले कार्यकर्ता सडकमा नआएपछि आफैँ सडकमा आउनुपरेकाे समेत बताए।
त्यस्तै आजै ओली समूहले पनि नेपाल बन्दकाे विराेधमा र्याली निकालेकाे छ। र्यालीमा आइ लभ यु ओली लगायतका नारा लगाइएका छन्।