बन्द गराउँदै मुख्यमन्त्री सडकमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौमा सडकमा उत्रेका छन । प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट काठमाण्डौको ललितपुरको दोवाटो क्षेत्रमा बन्द गराउदै निस्केका हुन । मुख्यमन्त्रीका स्वकिय सचिव शिव सिंह ओलीले मुख्यमन्त्री बन्द गराउदै हिडेको तस्विर समाजिक सन्जाल फेसवुकमा समेत राखेका छन ।