सरकारले चुनाव घाेषणा गरेसँगै बजारमा महँगी बढेकाे छ। बजारमा खासगरी दैनिक उपभाेग्य वस्तुहरूकाे मूल्य आकासिएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा भएपछि महँगी बढेको हाे।
चुनाव घाेषणा भएसँगै बजारमा दैनिक उपभाेग्य वस्तुहरू खानेतेल, चिनी, दलहन तथा तरकारीकाे भाउ बढेकाे हाे। महँगी बढ्नुमा व्यापारीले आयातकर्ता व्यापारी तथा होलसेलले कालोबजारी जिम्मेवार रहेकाे बताएका छन्। महँगी बढेपनि सरकारले भने कुनै ठाेस कदम चाल्न सकेकाे छैन।
त्यस्तै याे साता काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको छ।