छोटकरीमा : वैद्यदेखि विप्लवसम्मलाई पार्टीमा मिसाउने ओलीको योजना

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि विकसित परिस्थितिका बीच नेकपा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास थालेको छ । भूमिगत समूहसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका समेत बताइन्छ ।

विप्लव समूहसँग वार्ताका लागि बटमलाइन भनेको हिंसालाई परित्याग गर्ने औपचारिक प्रतिवद्धता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन्। विप्लव समूहका नेताहरु भने वार्ताअघि नै कुनै सम्झौताको कल्पना गर्न नसकिने बताइरहेका छन्। 


हिंसात्मक बाटोमा लागेको भन्दै सरकारले २८ फागुन २०७५ मा समूहमाथि प्रतिबन्ध लगाएको थियो ।


विप्लव समूहले प्रतिबन्ध फुकुवासँगै अन्य दुई माग पनि पूरा भए मात्र वार्तामा बस्न सकिने जनाएको छ । समूहको दोस्रो माग छ, हालसम्म पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाइ । तेस्रो मागचाहिँ औपचारिकरुपमा पत्राचार गरेर वार्ताका लागि आह्वान भएको समूहका नेताहरु बताउँछन् ।


सरकारले गत वर्ष भूमिगत समूहहरुसँग वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाएको थियो, टोलीलाई दिइएको समय सकिइसकेको छ । त्यसयता सरकारले औपचारिकरुपमा वार्ताका लागि कुनै पहल नगरेको समूहका नेताहरु बताउँछन् ।


पछिल्लो समय प्रहरी कारबाही आक्रामक बनिरहँदा विप्लव समूह रक्षात्मक स्थितिमा पुगेको छ, त्यसले पनि वार्ताको वातावरण बनाउँदै लगेको अधिकारीहरुको विश्लेषण छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार प्रतिबन्ध लागेयता मात्रै समूहका एक हजार ९६८ जना पक्राउ परेका छन् ।


प्रहरीले समूहका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’देखि धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, उमा भुजेल लगायतका दर्जन बढी प्रभावशाली नेताहरुलाई पक्राउ गरिसकेको छ ।


२५ असार २०७६ मा भोजपुरका प्रहरी जवान सञ्जिव राई र २३ मंसिर २०७७ मा मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेपछि समूहले राजनीतिक क्षतिसमेत व्यहोरेको छ ।


त्यसअघि भौतिक कारबाही गर्ने प्रयासमा पनि आत्मघाती विष्फोटनमा पर्दा सैन्यतर्फ समूहलाई ठूलो क्षति पुग्यो । समूहले १३ जेठ २०७६ मा आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र वसुन्धारामा भएको ‘आत्मघाती’ विष्फोटमा पार्टीकै चारजना कार्यकर्ताहरु मारिएका थिए ।


विप्लव समूहको सत्तारुढ पार्टीमा विभाजन आउनुअघि तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर छलफल गर्नेसमेत तयारी भएको थियो । तर, अन्तिम समयमा विप्लव पछि हटेका थिए ।


पछिल्लो समय पार्टीभित्रै पनि वार्तालाई लिएर पनि दुई धार देखिँदा र नेताहरुबीच विवाद रहेका वेला विप्लव वार्ताका लागि तयार रहेको देखिन थालेको बताइन्छ


भूमिगत समूहसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका छन् । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई यसमा समन्वय गर्न भनिएको सरकारी स्रोत बताउँछ ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक