नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटतिर अघि बढ्ने देखिएकाे छ। नेकपाकाे प्रचण्ड-माधव समूहले पार्टी विभाजनका लागि निर्वाचन आयाेग जाने निर्णय गरेसँगै पार्टी विभाजनतिर जाने देखिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्न प्रचण्ड–माधव पक्ष निर्वाचन आयोग जाने भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी नै आधिकारिक रहेको दाबी गर्दै आयोग जाने निर्णय गरेको हो।
दल विभाजनकाे निर्णय निर्वाचन आयाेग गएसँगै प्रचण्ड-माधव समूहले प्रतिपक्षी दलहरूसँग मिलेर साझा संघर्षकाे सहमति जुटेकाे बताएका छ। प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस लगायतका दलहरूसँग मिलेर आन्दाेलनकाे तयारी हुन लागेकाे बताएका छन्।