छोटकरीमा : सरकारको झुटविरूद्ध सहिदको सम्झनामा शालिकमुनी आन्दोलन

देशभर आज ८१औँ सहिद दिवस मनाइएको छ । यसैक्रममा शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गर्यो।

प्रजातन्त्रको लागि आफ्नो ज्यानको बलिदान दिने सहिदको सम्झनामा आज काठमाडौंको भद्रकालीस्थित सहिदगेटमा चारजना सहिदहरुको सालिकमा फूलमाला अर्पण गरिएको छ ।


प्रधानमन्त्री केपी ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे । साे अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरूकाे बलिदानको त्याग अतुलनीय भएको बताए । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विभिन्न मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।


प्रतिनिधिसभा विघटनविरुद्ध शृंखलाबद्ध आन्दोलन गरिरहेको नागरिक आन्दोलनले टेकुस्थित पचलीघाटमा सहिद शुक्रराज शास्त्रीको सालिकमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिल्पी थिएटरले नाटक प्रस्तुति पनि गरेको थियो । 


शुक्रराजको नाटक प्रदर्शनपछि उपस्थित सहभागीहरु सडकमा पल्टिए। ‘डाइ इन प्रोटेस्ट’ नाम दिइएको उक्त प्रदर्शनमा उपस्थित सहभागीहरुले प्रतिगमनका कारण संविधानको हत्या भएको देखाउन सडकमा पल्टिएर आफूहरु पनि मारिएको भन्दै सांकेतिक विरोध जनाएका हुन्।


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहिदहरूको बलिदानकै कारण नेपालीले अहिले निर्वाध नागरिक अधिकार प्रयोग गर्न पाएको टिप्पणी गरेका छन् । उनले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि केपी ओली सरकारले धावा बोलेको भन्दै ओली प्रवृत्तिविरुद्ध अहिले एक भएर लड्नुपर्ने वेला रहेको बताए ।


गणतन्त्रका लागि आजीवन संघर्ष गर्ने शहीद दुर्गानन्द झाले सहादत प्राप्त गरेको ५७ वर्ष पूरा भएको छ।

तत्कालीन राजा महेन्द्र शाह चढेको गाडीमाथि बम आक्रमण गरेपछि उनलाई वि. सं. २०२० माघ १५ गते फाँसी दिइएको थियो। बिहीबार ५७ वर्ष पूरा भएको हो। 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक