छोटकरीमा : कोरोना सम्हाल्न सक्ने देशको सूचीमा नेपालको ७० औँ स्थान

बिहीबार एक सूची सार्वजनिक भयो। विश्वभर कोरोना संक्रमणको सङ्ख्याले १० करोड पार गरि मृत्युको सङ्ख्या २० लाख पुगेको खबरसँगै यो सूची सार्वजनिक भएको थियो, जसअनुसार नेपाल ७० औँ स्थानमा रहेको छ । अन्य देशहरू कुन-कुन स्थानमा छन् ? नेपाल के-कति आधारमा त्यो स्थान प्राप्त गर्न सफल भयो ?

कोभिड–१९ प्यान्डेमिकलाई सफलतापूर्वक सम्हाल्न सक्ने ९८ वटा देशहरुको सूचीमा न्युजिल्यान्ड, भियतनाम अनि ताइवान सबैभन्दा शीर्षमा परेका छन् । यसमा कोभिड प्रस्तुतिका लागि न्यूजिल्यान्डले ९४.४ नम्बर प्राप्त गरेको हो । नेपालले चाहिँ यो सूचीमा ७० औँ स्थान हासिल गरेको छ । 


९८ राष्ट्रहरुको उपलब्ध डाटाका आधारमा १४ दिनसम्मको प्रति दशलाख मानिसमा औसत नयाँ संक्रमण दर, दैनिक मृत्युदर, प्रति हजार व्यक्तिमा परीक्षण दर र यसको दायरा सम्बन्धी ३६ हप्तासम्म अध्ययन अनि मूल्यांकन गरि सूची तयार पारिएको 'लोवी इन्स्टिच्युट'ले जानकारी दिएको छ । 


महामारी नियन्त्रणमा सबैभन्दा राम्रो व्यवस्थापन गर्न सक्ने शीर्ष दशका अन्य देशहरुमा थाइल्यान्ड, साइप्रस, रुवान्डा, आइसल्यान्ड, अष्ट्रेलिया, लटिभा अनि श्रीलंका रहेका छन् जहाँ संक्रमण सङ्ख्या र मृत्युदर दुवै प्रति आय दरका हिसाबले अत्यन्तै कम रहेको छ । भारत सूचीको ८६ औँ स्थानमा रहेको छ। 


सम्पूर्ण डाटा हेर्दा विशेषगरी एसिया–प्यासेफिक मुलुकहरु कोरोनालाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सबैभन्दा सफल रहेको पाइएको छ। उता युरोप अनि अमेरिकामा चाहिँ तीव्र गतिमा फैलिएको संक्रमण कम गर्न अझैसम्म पनि कठिन भइरहेको देखिएको छ । 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक