सर्वाेच्चमा संसद विघटन विरुद्धकाे जारी सुनुवाईमा बहस लम्बिँदै गएपछि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले बहसका लागि १०/१५ मिनेट भन्दा बढी समय दिन नसकिने बताएका छन्। प्रधानन्यायाधीश जबराले इजलासमा रमाइलाे तरिकाले प्रश्नाेत्तर गरिरहेका छन्।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले अधिवक्ताहरूलाई बहसका लागि १०/१५ मिनेटभन्दा बढी समय दिन नसक्ने बताएका छन्। बहसकाे समय लम्बित हुँदै गएपछि उनले समय निर्धारण गर्नपरेकाे बताएका छन्।
संसद विघटन विरुद्ध सर्वाेच्च जारी सुनुवाईमा प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त दलले निर्वाचनको विकल्पमा जान किन नपाउने भन्दै प्रश्न गरेका छन्। जारी सुनुवाईमा प्रधानन्यायाधीशले रमाइलाे पारामा प्रश्नाेत्तर गरिरहेका छन्।
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर भएकाे छ। अधिवक्ता धनजीत बस्नेतले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अपहेलना मुद्दा दायर गरेका हुन्। हिजाे अधिवक्ता कुमार शर्माले पनि अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका थिए।