एकतामा नआए प्रचण्ड-ओली दुवै सिपाहीबिनाका कमान्डर : वामदेव गौतम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा नआए केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना सेनाबिनाका कमान्डर जस्तै हुने बताएका छन्। ​औपचारिकरूपमा नेकपा एकताको राष्ट्रिय  अभियान सुरु गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्। 

पार्टी एकताको सम्भावना देखेकै कारणले आफूले एकता अभियान चलाएको पनि उनले बताए। ‘दुईतिर फर्केकालाई ओली प्रचण्ड दुवैलाई मिलाउँछु। त्यसका लागि जनताले साथ दिन्छन्’ उनले भने, ‘पार्टी एकताको पक्षमा आएनन् भने ओली–प्रचण्ड सेनाबिनाको सैनिक जस्तै हुन्छन्। अर्को धारमा हामी हुन्छौँ हाम्रो पक्षमा जनता आउँछन्।’

कार्यक्रममा उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्ड एकताका पक्षमा देखिएका भए पनि प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा कहिल्यै नभएको आरोप लगाएका छन्।

‘अध्यक्ष प्रचण्ड समूहलाई पार्टी एकताको पक्षमा संसद पुनःस्थापना भयो भने ल्याउन सकिन्छ। तर, केपी ओली एकताको पक्षमा कहिल्यै थिएनन्, उनले भने, ‘सर्वोच्चले जस्तो निर्णय गरे पनि हामी एकताको अभियानमै हुन्छौँ।’

सर्वोच्च अदालतमा पुगेको विषयलाई सडक आन्दोलन गरेर दबाब दिन नहुने उनको तर्क छ। ‘सर्वोच्चले के निर्णय गर्छ भनेर हामी दबाब दिने पक्षमा छैनौँ’ उनले भने, ‘ओली प्रचण्डले जसरी हामी संविधान संवत् जुन निर्णय गर्छन्। त्यसलाई हामीले मान्नुपर्छ।’ 

जनताको बहुदलीय जनवाद मानेर एकता अभियान चलाएको उनले बताए। ‘पार्टी विभाजनको अनुभव लिएर मार्क्सवाद पार्टी निर्माण हुन्छ। यसले समाजवाद निर्माण गरेर देखाउँछ’ उनले भने, ‘हामीले फुटेर गएकालाई देखाउनैपर्छ।’

पार्टी एकता गराउन सक्ने धारणा भएकाले संसद् पुनःस्थापना हुन्छ भन्ने लागेको उनले बताए। कम्युनिस्ट पार्टीको अबको अवधारणा भनेको समाजवादतर्फ भएको जिकिर गरे। ​

सम्बन्धित सामग्री

वामदेवको योजना - दोस्रो तहका नेतालाई एकतावद्ध गरेर शिर्ष नेतालाई घेरावन्दी गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई एकताबद्ध गरी पार्टी एकता अभियानलाई जारी राख्न वताएका छन् । प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई ...

नेपाल आज

एकताको पक्षमा नहुने नेतालाई भोट नदिने अभियान चलाउँदै छाैँ : नेता गाैतम

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताउनुभएको छ ।  बिहीवार कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुग्नुभएका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्प...

उज्यालो अनलाइन

एकताको पक्षमा नआउने नेतालाई भोट नदिने वामदेव गौतमको अभियान (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका

नयाँ पत्रिका

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै …

अनलाइनखबर

पार्टी एकता गराएरै छाड्छु : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे । उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’

नागरिक दैनिक

वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताउनुभएको छ । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका वि...

उज्यालो अनलाइन

वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै  अझै पनि एकता जोगाउने

नयाँ पत्रिका