छोटकरीमा : कांग्रेसले थाल्यो तीन दिने विरोध कार्यक्रमको तयारी

सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद् थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ। कहिले-कहिले हुँदै छ आन्दोलनहरू ?

सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरको छ ।


कांग्रेसले माघ १९ गते पार्टीनिकट भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोधसभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको छ ।


त्यसैगरी बैठकले नेपाली कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी/जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मका लागि थप गर्ने निर्णय गरेको छ । 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक