प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा अदालतकाे अपहेलना मुद्दा दायर भएकाे छ। माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका हुन्। त्यस्तै ४ जना पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध समेत अपहेलना मुद्दा दायर भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अपहेलना मुद्दा परेकाे छ। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेकाे आरोपमा मुद्दा दायर भएकाे हाे।
त्यस्तै ४ जना पूर्वप्रधानन्यायाधीशहरू विरुद्धसमेत अदालतमा अपहेलना मुद्दा दायर भएकाे छ। त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध समेत अपहेलना मुद्दा दायर भएकाे छ। उनले अदालतबाट न्यायाधीश तान्ने दिन आउनसक्ने बताएका थिए।
यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासा देखाएकाे आरोप लगाएका थिए।