प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन्। नागरिक अगुवाहरूले प्रहरी दमनकाे घाेर भत्र्सना गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेकाे छ। बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको फाेहोरा समेत हानेकाे थियाे। घटनामा केही घाइते भएका छन्। उनीहरूकाे शिक्षण अस्पतालमा उपचार हुँदैछ।
प्रहरीले बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका अधिकारकर्मीलाई पक्राउ गरेको छ। संसद विघटनकाे विराेधमा भएकाे आन्दोलनमा सहभागी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेकाे हाे।
प्रहरी दमनलाई नागरिक अगुवाले ‘शासकले औकात’ देखाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध माइतीघरमा सडक प्रदर्शन गरिरहेको नागरिक आन्दोलन सोमबार बालुवाटरको गेटमा पुग्ने प्रयत्नमा गरेकाे भन्दै प्रहरीले चरम दमन गरेपछि अगुवाहरूले यस्ताे टिप्पणी गरेका हुन्।