छोटकरीमा : कुन-कुन अस्पतालबाट लगाइँदैछ कोरोनाविरुद्धको खोप ?

सरकारले माघ-१४ गते देखि देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ। कुन-कुन हुन् ती अस्पताल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइनेछ।


काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ। तीमध्ये काठमाडौँ जिल्लातर्फ:-

गंगालाल अस्पताल,

नेपाल मेडिकल कलेज,

नेपाल प्रहरी अस्पताल,

टिचिङ अस्पताल,

आर्मी अस्पताल,

सशस्त्र प्रहरी बल अस्पताल,

आयुर्वेद तालिम केन्द्र कीर्तिपुर,

वीर अस्पताल,

प्रसुति गृह,

टेकु अस्पताल,

सिभिल अस्पताल

र काठमाडौं मेडिकल।

यसैगरी ललिपुरतर्फ:

पाटन अस्पताल,

किस्ट मेडिकल कलेज

र आनन्द वन अस्पताल।

यसैगरी भक्तपुरतर्फ:-

कोरियन अस्पताल

र भक्तपुर अस्पताल।


भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोपमध्ये कर्णालीका लागि करिब १२ हजार जनालाई पुग्ने खोप कर्णालीपुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोमबार आइपुगेको कोरोना विरुद्धको खोप प्रदेशका हिमाली जिल्लाहरुमा मंगलबारदेखि नै ढुवानी गर्न थालिने छ।


सरकारले सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी गरेको छ। जसमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी, एन्बुलेन्स चालक र कोरोना नियन्त्रणमा खटिने अन्य कर्मचारी रहेका छन्।

बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर मासुभित्र खोप लगाइन्छ। चार हप्ताको फरकमा दुई पटक खोप लगाइन्छ। तयारी अवस्थाको झोल लगाइन्छ। 

खोपको प्राथमिकतामा :

- स्वास्थ्यकर्मी

- अस्पतालका सहयोगी कर्मचारी

- महिला स्वास्थ्य स्वयंसेविका

- शवको व्यवस्थापन गर्नेलाई

- सार्वजनिक फोहोर व्यवस्थापन गर्नेलाई

- विमानस्थलमा काम गर्नेलाई

- ज्येष्ठ नागरिकलाई


भारतले गत बिहीबार नेपाललाई अनुदानस्वरुप १० लाख डोज खोप दिएको हो। अक्सफोर्ड विश्वविद्यालय र एक्ट्रेजेन्काले विकास गरेको उक्त खोप भारतको सेरम इस्टिच्युटले उत्पादन गरिरहेको छ। जसलाई कम्पनीले कोभिसिल्ड नाम दिएको छ। 

दुई डोज लगाउनुपर्ने उक्त खोप सुरुमा स्वास्थ्यकर्मीलाई लगाउने सरकारको तयारी छ। जसअनुसार आइतबारदेखि सातै प्रदेशमा खोप पठाउन थालिएको हो। 


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक