प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश, कृष्ण पहाडी लगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् ।
अभियान्ताहरू कमलपोखरी हुँदै बालुवाटार पुगेका थिए । भाटभटेनी पुगेर बृहत् नागरिक समाजका अभियन्ताहरूले कोणसभा गरेपछि सुरक्षा घेरा तोडेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए ।
लेखक एवं पत्रकार नारायण वाग्लेले ‘बालुवाटार हाम्रो हो, हामीलाई छेक्न को?’ भनेपछि भिड बालुवाटारतिर सोझिएको थियो। आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप समेत भएको थियो।
आन्दोलनमा प्रतीक देवानले पनि सांगीतिक प्रस्तुति देखाएका थिए। विरोधमा डा. गोविन्द केसी, मानवअधिकारकर्मी मोहना अन्सारी, प्रनिका कोयुहरूले आफ्नो विचार राख्दै सरकारलाई खबरदारी गरेका थिए।