ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि

काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । महानगरपालिकाभित्र २९ वटा खोपकेन्द्र तोकिएकामा आफूलाई पायक पर्ने केन्द्रमा गएर १३ गतेसम्म खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप लगाइन लागिएको हो । ललितपुर महानगरपालिकामा भेरोसेलको पहिलो डोज खोप […]

सम्बन्धित सामग्री

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका पुर्याइयो

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका […]

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका लैजाने तयारी गरिदै

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा लैजानै तयारी भइरहेको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने […]

ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी

काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर –१३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार केसीले ८६८ मतका साथ सो वडाको अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६८९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले २७६ मत प्राप्त गरेका छन्। वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।

ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार निर्मल निर्वाचित

काठमाडाैँ- ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन्। पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए। अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस पनि निकालेका थिए। सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरूलाई धन्यवाद व्यक्त गरे। उनले यो जित आफ्नो मात्र नभई सम्पूर्ण वडावासीको जित भएको पनि बताए।

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी धुर्वलाल तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिका र प्रहरीबीच सीसीटीभी जडान सम्झौता

ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनका लागि सीसीटीभी प्रणाली जडान तथा सञ्चालनका लागि सम्झौता भएको छ  ।  सोमवार ललितपुरमा एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सीस...

स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच सम्झौता

स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच उपचार सेवाका विषयमा सम्झौता भएको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

उपमेयर कपमा ललितपुर महानगरपालिका नकआउट चरणमा

काठमाडौँ- कालिका नगरपलिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी […]

अमोघवीरलाई ललितपुर महानगरपालिका–१६ वडाको बधाई

संसार क्रियासन र संसार अनलाइन टिभीको आयोजनामा सम्पन्न संसार अनलाइन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका–१६ ले एक समारोहको आयोजना गरी सम्मान गरेको छ ।१६ वडा भवनमा सम्पन्न उक्त समारोहमा ललितपुर महानगरपालिका १६ वडा बुबहाः निवासी गायक बज्राचार्यलाई खादा ओधाइ बधाई पत्र दिइ सम्मान गरेको हो । सम्मान गर्दै वडा […]

ललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु

हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरू हस्तकला व्यवसायमा नलागी […]