छाेटकरीमाः प्रचण्ड बाबुरामकाे पुनःमिलन

लामाे समय एउटै पार्टीमा रहेर सशस्त्र संघर्ष गरेका प्रचण्ड र बाबुराम पुनः एकै ठाउँ देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै वैचारिक रूपमा एकै ठाउँ देखिएका प्रचण्ड र बाबुराम बीच लामाे समयपछि औपचारिक छलफल भएकाे छ। त्यस्तै उनीहरूले आजै उपरराष्ट्रपति नन्दकिशोर पुनसँग पनि भेट गरेका छन्।



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ। उनीहरू बीच आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको हाे।



त्यस्तै प्रचण्ड र भट्टराई आजै उपरराष्ट्रपति नन्दकिशोर पुनलाई भेट्न उनकाे निवास पुगेका छन्। पछिल्लाे समयकाे राजनीतिक अवस्था बारे छलफल गर्न पूर्व माओवादी नेताहरू भेला भएकाे बताइएकाे छ।


सम्बन्धित सामग्री

नेकपाका ७ जना नेता पार्टीबाट निलम्बित

नेकपाकाे प्रचण्ड-नेपाल समूहले ओली समूहका ७ जना नेताहरूलाई कारबाही गरेको छ। पार्टी नीति विपरीत काम गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको बताइएको छ। कारबाहीमा पर्ने नेताहरूमा महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापा रहेका छन्। त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय समेत गरेकाे छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

छोटकरी विशेष

वनमन्त्रीकाे दाबी, 'मलाई एक अर्ब घुसको अफर आयो'

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएकाे बताएका छन्। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी उनले गरेका हुन्। ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो।

छोटकरी विशेष

झापा पुगेर ओलीले भने, हटाएछन् भने दुई तिहाइ ल्याएर फेरि आउँछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। उनले आफूहरू जनताका लागि ‘कम्फर्टेबल’ भएको भन्दै कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका हुन्।

छोटकरी विशेष

न्यूनतम् ५० कित्ता आईपीओको प्रावधान आउँदै, गृहकार्य सुरु

नेपाल धितो बोर्डले १० कित्ता शेयरको प्रावधानलाई हेरफेर गर्न गृहकार्य सुरु गरेको छ। शेयर बजारमा सबैको पहुँचलाई स्थापित गर्ने उद्देश्यले ल्याइएको १० कित्ता प्रावधानमाथि पुनरावलोकन गर्दै उक्त व्यवस्था हटाउन बोर्डले तयारी थालेको हो। १० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको थियो। अहिले सोही अनुसार पुनरावलोकनको समय आएको बोर्डले बताएको छ। नयाँ प्रवधानअनुसार न्यूनतम् ५० कित्ता राख्ने गरी छलफल भइरहेको छ।

छोटकरी विशेष

सरकार र विप्लव समूहबीच वार्ता हुँदै, दुवै पक्षले बनाए वार्ता टाेली

सरकारले विप्लव समूहका नामले चिनिने नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको विद्राेही समूहसँग वार्ताका लागि टाेली गठन गरेकाे छ। गृहमन्त्री रामबहादुर थापा 'बादल'काे संयाेजकत्वमा सरकारले वार्ता टाेली गठन गरेकाे हाे। सरकारले वार्ता टाेली गठन गरेसँगै विप्लव समूहले पनि वार्ता टाेली बनाएकाे छ। समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टाेली बनाएकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका थिए।

छोटकरी विशेष

पुनः बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य पुनः बढाएकाे छ। निगमले साेमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हाे। नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। फाल्गुनमै पेट्राेलियम पदार्थकाे मूल्य दाेस्राेपटक बढेकाे हाे।

छोटकरी विशेष

निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने प्रचण्डको दाबी

नेकपाकाे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने दाबी गरेका छन्। नेकपाको वैधानिकता र चिन्ह आफूहरूले पाउने भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको उनले बताएका हुन्। निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको भन्दै उनले आयोगले केही दिनमा नै बहुमतले गरेको निर्णयलाई मान्यता दिने बताए।

छोटकरी विशेष