डोनाल्ड ट्रम्पले वसिङ्टनस्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस छाडेसँगै अमेरिकामा जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। जो बाइडेन सरासर ट्रम्पका निर्णयहरू उल्टाउँदै गर्दा उपराष्ट्रपति कमला ह्यारिस नेपालीले बनाएको पोशाकमा सजिएको खबरहरू चर्चा-परिचर्चा बटुलीरहेको छ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बिदा हुनुअगाडिको अन्तिम सम्बोधनमा आफूहरुले जे गर्ने भनेर आएको त्योभन्दा धेरै कुरा गरेर जान लागेको बताएका थिए । उनले अत्यन्तै कठिन लडाइँहरु लडेको र धेरै अफ्ठ्यारा चुनौतीहरुको सामना गरेको तर यसैका लागि सबैले उनलाई निर्वाचित गरेको बताएका हुन् ।
ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेका छन्। राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका हुन् । आगामी प्रशासनलाई आफ्नो सम्बोधनको क्रममा सुझाव दिन समेत उनले भ्याएका थिए।
कार्यालय छाड्दै गर्दा ट्रम्पको लोकप्रियता ३४ प्रतिशत रहेको छ जुन बिदा हुने राष्ट्रपतिहरुमा अहिलेसम्मकै कमको रेकर्ड भएको बताइएको छ ।
इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन्। ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो', उनले भनेका छन्।
इरानले बाइडनको कार्यकालमा अमेरिकाले आफ्नो मुलुकमाथि लगाएको प्रतिबन्ध हटाउने विश्वास समेत लिएको छ । इरानका राष्ट्रपति हसन रौहानीले जो बाइडनलाई सन् २०१५ को परमाणु सम्झौतामा फर्किन आग्रह गरेका छन् ।
१२ वर्ष अघि एक आर्थिक रेस्क्यु मिसनमा राष्ट्रपति बाराक ओबामालाई साथ दिन ह्वाइट हाउस पसेका जो बाइडेन फेरि एकपटक ह्वाइट हाउस पस्दैछन् तर फरक पद र प्रतिष्ठाका साथ। तर बुधबार ४६ औं राष्ट्रपतिको लागि सपथ खाँदै गर्दा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सामू कारोना महामारीको कारण अमेरिकामा ज्यान गुमाउनेको ठुलो संख्या त्यसले निम्ताएको आर्थीक, राजनीतिक, मनोवैज्ञानिक समस्या देखिएको छ ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहलाई मध्यनजर गर्दै अमेरिकाको क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी समयअनुसार बुधबार दिउँसो १२ बजे सपथ ग्रहण हुनेछ । त्यसपछि उनले आधिकारीक रुपमै ह्वाइट हाउसबाट आफ्नो काम सुरु गर्नेछन् ।
कोरोना नियन्त्रणमा प्रभावकारी कदमको साथमा ट्रम्पले विगारेको काम सपार्नुपर्ने जिम्मेवारी बाइडेनको काँधमा छ भने चीनसँग बिग्रिएको सम्बम्ध सुधार गर्नु, कोरोना महामारीले थलिएको अर्थतन्त्र र रोजगारीलाई सही ढंगमा कुदाउनु उनको लागि अर्को चूनौतीको रुपमा देखिएको छ।
बाइडेनले राष्ट्रपतिको कार्यकाल सम्हालेपछि पहिलो काम नै पेरिस वातावरण सम्झौतामा पुनः सहभागि हुने र मुश्लिमको नाममा प्रतिबन्ध लगाएका देशको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका छन्। योबाहेक राहत कार्यक्रम र आर्थिक सुधारको कार्यक्रम घोषणा गर्ने योजना पनि उनको पहिलो कार्यसूचीमा रहेको छ। यससँगै बाइडन इजरायलको राजधानी जेरुसलेमलाई मान्न तयार रहेको बताइएको छ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बाइडेनलाई बधाई दिएका छन्। यहिबीच बाइडेनले 'यो अमेरिकामा नयाँ दिन हो' भनेर ट्वीट गरिसकेका छन्।
यस्तै, नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि एक ट्वीट गरेकी छन्, जहाँ उनले लेखेकी छन्,'आज एउटा नयाँ अध्याय सुरु हुन्छ। '
Congratulations to my friend, President @JoeBiden! This is your time. pic.twitter.com/LXzxGnBAfz
— Barack Obama (@BarackObama) January 20, 2021
It’s a new day in America.
— Joe Biden (@JoeBiden) January 20, 2021
Today, we begin anew. Tune in for #Inauguration2021. https://t.co/HxfU8q5riA
— Joe Biden (@JoeBiden) January 20, 2021
A new chapter begins today. Tune in now for #Inauguration2021 as @JoeBiden and I are sworn in to office and set our nation on a new path forward. https://t.co/U1RQ98R6Ka
— Kamala Harris (@KamalaHarris) January 20, 2021
बाइडेनबारे थप जानकारीहरू :
बिहीबार जो बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरे। त्यस्तैगरी ५६ वर्षकी कमला देवी ह्यारिशले ४९ औँ उपराष्ट्रपति पदको शपथ लिएकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन, शपथ लिएको केही घण्टापछि नै डोनाल्ड ट्रम्पका केही प्रमुख नीतिहरु उल्ट्याउन सुरु गरेका थिए ।
बाइडेनले आफ्नो आगामी कार्यकालमा चार विषयलाई प्राथामिकतामा राखेका छन् । ती हुन्- कोभिड महारमारीको प्रभाव घटाउने, वर्ण विभेद रोक्ने, जलवायु परिवर्तनका असर कम गर्न सहयोग गर्ने र आप्रवासी समस्या समाधान गर्ने ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार शपथग्रहणपछिको भर्चुअल प्रार्थना सभामा प्रबल गुरुङले डिजाइन गरेको पहिरन लगाएकी थिइन् । ह्यारिसले उक्त सभामा कलेजी रङको डबल–फेसिङ ऊन क्रेपले डिजाइन गरेको लङ कोट लगाएकी थिइन्, जुन न्युयोर्कमै तयार पारिएको थियो ।