प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि बसेको एमाले संसदीय दलले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने निर्णय गरेको हो । चोलेन्द्र ठीक भन्ने पक्षमा आफूहरू नरहेको भए पनि अहिलेको महाअभियोग जसरी आयो त्यसको आफूहरूले सडक र संसदबाट प्रतिवाद गर्ने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।