किएभमा रुसी आक्रमण‚ दुईजनाको मृत्यु

काठमाडौँ। युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु भएको छ। किएभको आपतकालीन सेवाहरूले रुसी आक्रमणमा दुई महिलाको मृत्यु भएको र अन्य पाँचजना घाइते भएको बताएका छन्। किएभ प्रशासनले सहरका चार क्षेत्रमा राहत र उद्धार कार्य भइरहेको बताएको छ। गएराति भएको आक्रमणमा आवासीय र औद्योगिक क्षेत्रहरूमा उल्लेखनीय क्षति पुगेको छ। एक छुट्टै विज्ञप्तिमा किएभ प्रहरीले […]