काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा बुधबार आयाेजिक एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठूलो सम्भावना रहेको भएता पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनुभयो । […]