काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने निर्णय भएको सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन्। बुधबार महाराजञ्जमा भएको डेढ घण्टा लामो छलफलमा कुरा नमिलेपछि अझै बसेर सहमति खोजिने पाण्डेले बताए । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बसेर टुङ्ग्याउने छलफल भइरहेको पाण्डेले बताएका छन् । […]