जी न्युजको स्पष्टिकरण : सगरमाथा नेपालकै हो, तर भारतले 'माउन्ट सिकन्दर' नै भन्नुपर्छ

सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको छ। जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले बुधबार राति प्रसारण भएको आफ्नो कार्यक्रममार्फत आफूले सगरमाथामाथि दाबी पेश गर्न नचाहेको बताएका हुन्। तर, भारतले सगरमाथालाई माउन्ट सिकन्दरका नामबाट चिन्नुपर्ने उनको भनाई छ।  

चौधरीले भनेका छन् - माउन्ट एभरेस्ट त जहाँ छ त्यही रहन्छ। नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भन्ने गरेजस्तै भारतले पनि आफ्ना लागि छुट्टै नाम राख्नको लागि अभियान थाल्नुपर्छ भनेका हौं। हामीले नेपालबाट केही खोस्न चाहेका हाइनौं। माउन्ट एभरेस्ट नेपालकै हो। यो नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ।

उनले आफूले नेपाललाई नभई अंग्रेजलाई चुनौति दिन चाहेको बताएका छन्। अंग्रेजले राखेको नामलाई लिएर भारतले कहिल्यै चुनौति नदिएको उल्लेख गर्दै उनले अब चुनौति दिनेबेला आएको बताए। माउन्ट एभरेस्टलाई चीन र नेपालमा फरक फरक नामले सम्बोधन गर्ने गरेको उल्लेख गर्दै उनले भारतले पनि नयाँ नाम राख्नुपर्ने उनले बताए।  

‘हामीले जसरी नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भनेर सम्बोधन गर्छ, भारतले पनि आफ्नै मौलिक नाम राख्नुपर्छ भनेका हौं। भारतले पनि यसलाई माउनन्ट एभरेस्ट नभनरे माउन्ट सिक्दर भन्नुपर्छ भनेका हौं,’ उनले भने।  

उनले सगरमाथाको नाम माउन्ट सिकदर राख्नको लागि भारतले अभियान नै सञ्चालन गर्नुपर्ने बताए। ‘हामीले देशको असली हिरोलाई उनको हक दिलाउनको लागि माउन्ट एभरेस्ट पुगेर एक अभियान सुरु गरेका छौं। यदि तपाईं पनि माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर माउन्ट सिकदर राखियोस् भन्ने चाहानुहुन्छ भनेर सामाजिक सञ्जालमार्फत यो अभियालमा जोडिनुहोस्,’ चौधरीले भने।

उनले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा उतारचढाव आउन नहुने समेत बताए। ‘नेपालमा जसले हामीलाई हेर्नुहुन्छ, तपाईं हाम्रा लागि खास हुनुहुन्छ। नेपाल र भारतबीच जुन भाइचारको सम्बन्ध छ, त्यो सँधै टिकिरहनुपर्छ। सरकार त आउने जाने भइरहन्छ। चुनावमा कहिले कसले जित्छ, कहिले कसले। यसले हाम्रो सम्बन्धलाई प्रभाव पार्नुहुँदैन,’ उनले भने।

यसअघि मंगलबार राति प्रसारण भएको कार्यक्रममा उनले सगरमाथाबारे विवादास्पद सामाग्री प्रस्तुत गरेपछि नेपालमा चौतर्फी विरोध भएको थियो।  

प्रकाशित: २९ पुस २०७७ २३:५२ बुधबार

सगरमाथा सुधीर चौधरी जी न्युज

सम्बन्धित सामग्री

जी न्युजको रिपोर्टबारे सरकार मौन बस्नु रहस्यमय : माले

१ माघ, काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले हालै प्रसारण गरेको सगरमाथा सम्बन्धी रिपोर्टको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी-लेलिनवादी (माले)ले आपत्ति जनाएको छ । बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथा …

अनलाइनखबर

सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्युजको प्रस्टीकरण

‘माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय

नयाँ पत्रिका

जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अस्कलमा प्रदर्शन

भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अनेरास्ववियुले विरोध जनाएको छ । जी न्युजले नेपालको सगरमाथामाथि भारतले पनि दाबी गर्नुपर्ने तर्कसहितको रिपोर्ट प्रशारण गरेको छ । उक्त रिपोर्टलाई लिएर नेकपा (बहुमत) ...

नेपाल आज

सगरमाथाबारे जी न्यूजको आपत्तिजनक सामाग्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएर चर्चामा आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेका छन्।

नागरिक दैनिक

जी न्यूजको आपत्तिजनक रिपोर्ट : 'सगरमाथामा भारतले दाबी गर्नुपर्छ'

काठमाण्डाै – भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै उसले रिपोर्ट प्रसारण गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा अन्तर्वार्ता लिएका जी न्यूजका प्रधानसम्पादक सु...

उज्यालो अनलाइन

जी न्यूज भन्छ- सगरमाथामा भारतले दाबी गर्नुपर्छ

२९ पुस, काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने …

अनलाइनखबर