दाना–खुर्कोट प्रसारण लाइन जोड्ने तयारी अन्तिम चरणमा

म्याग्दी – कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सब–स्टेशन परीक्षण गरी जोड्ने तयारी सुरु भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को दानादेखि पर्वतको खुर्कोट खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनः परीक्षणको काम थालिएको हो । 

यसअघि दाना सब–स्टेशन र पर्वतको खुर्कोट सब–स्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाले जनाएको छ । अहिले कुस्माको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो । 

तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पुर्‍याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको छ । 

म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सब–स्टेशन तथा त्यसबीचमा ११० वटा टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ । एसियाली विकास बैंकको तीन अर्ब रुपैयाँ ऋण सहयोग तथा नेपाल सरकारको झण्डै ८० करोड रुपैयाँको लागतमा दाना–खुर्कोट खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/०७२ मा निर्माण सम्झौता भइ आव २०७५/०७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको छ । 

निर्माणका क्रममा विभिन्न ठाउँमा बाढी पहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको लकडाउनले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको जनाइएको छ ।

अब भने छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी सुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको पावर हाउसबाट उत्पादित विद्युतलाई दाना सब–स्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । 

अहिले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको दाना–खुर्कोट खण्डमा ९८ प्रतिशत काम सकिएको छ । दाना सब–स्टेशनमा ४२ मेगावाट क्षमताको मिरिस्ती खोला र ५ मेगावाट क्षमताको घलेम्दी खोलाबाट उत्पादित विद्युतसहित ४७ मेगावाट विद्युत् तुरुन्तै जोडिने भएको छ । यसपछि मुस्ताङको थापाखोलाको १३ दशमलव ६ मेगावाट विद्युत् पनि दाना सब–स्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । 

सम्बन्धित सामग्री

कालीगण्डकी प्रसारण लाइन निर्माण सम्पन्न

म्याग्दी र मुस्ताङमा उत्पादित जलविद्युत्लाई विस्तार गर्न जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुईवटा सबस्टेसन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सम्पन्न भएको हो ।दाना र खुर्कोटमा सवस्टेसनका साथै प्रशारण लाइनको पूर्वाधार […]

कारोबार दैनिक

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ। म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ।

नागरिक दैनिक

दाना–खुर्कोट प्रसारण लाइन तयार

कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस मसान्तभित्रै चार्ज गर्ने नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।

गोरखापत्र

दाना–कुश्मा प्रसारण लाइन वैशाखभित्र सञ्चालन हुने

काठमाण्डाै - कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने (चार्ज) हुने भएको छ । ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मामा रहेकाे खुर्कोटमा २२०-१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।  प्रसारण लाइन र...

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो ।

कारोबार दैनिक

रुख कटानको आदेश नपाउँदा कालीगण्डकी प्रसारण लाइनको काम प्रभावित

पर्वत : रुख कटान आदेश नपाउँदा राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ। प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रुख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो। मन्त्रिपरिषदले रुख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० व...

थाहा खबर