नेकपाका दुवै समूहले निर्वाचन आयोगमा जवाफ पठाए

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहले निर्वाचन आयोगमा जवाफ पठाएका छन्  । गएको बिहीबार ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पेस गर्न आयोगले गरेको पत्राचारअनुसार दुवै समूहले बुधवार जवाफ पठाएका हुन् । 

ओली पक्षबाट नेता सुवास नेम्वाङको टोलीले र प्रचण्ड पक्षका नेता लीलामणि पोखरेलसहितको टोलीले आयोगमा गएर जवाफ पेस गरेका हुन् । 

जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जानकारी गराएको छ । 

यस्तै प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको दावी ओली समूहले गरेको छ । 

यता प्रचण्ड–नेपाल पक्षले भने आयोगलाई संवैधानिक अङ्गको धर्म नबिर्सिन र त्यसले पार्न सक्ने दूरगामी असरका बारेमा सोच्न आग्रह गरेको छ । 

आयोगले मागेका कागजात र विवरण आफूहरूले पहिले नै पठाइसकेको प्रचण्ड–नेपाल समूहको जवाफ रहेको छ । झण्डै दुई तिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरू नै मूल नेकपा भएको प्रचण्ड–नेपाल पक्षले दाबी गर्दै आएको छ । 

ओली पक्षले पहिलो वरीयताको अध्यक्ष र महासचिव विनाका बैठकका निर्णयहरू आधिकारिक नहुने अडानसहित आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । 

गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएदेखि नेकपा दुई समूहमा विभाजित भएकाे छ । अध्यक्ष ओली र प्रचण्ड–नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचारसमेत गरेका थिए ।

प्रतिनिधि सभा विघटनका विरुद्ध परेका मुद्दामाथि सुनुवाइ जारी नै रहँदा दुवै पक्ष एकअर्काको आराेप–प्रत्याराेपमा उत्रिएका छन् ।  

सम्बन्धित सामग्री

‘थप कागजात मगाउनु परेन भने ४५ दिनभित्र नेकपाको विवादबारे निर्णय हुन्छ’

काठमाण्डौ - पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै नेकपा दुई समूहमा विभाजित भयो । दुवै समूहले एक-अर्कालाई कारबाहीसहितको निर्णय निर्वाचन आयोगमा पठाए । आफूहरु नै आधिकारिक भएको दुवै समूहको दाबी छ ।  आयोगले थप स्पष्ट पार्न भन्दै पुष २३ गते आफ्ना जवाफ पेस गर्न दुवै समूहलाई  पत्राचार गर्यो । आयोगको पत्राचारअनुसार द...

उज्यालो अनलाइन

निर्वाचन आयोगलाई ओली समूहको पत्र, मूल पार्टी भएको दाबी पेस

नेकपाको केपी ओली समूहले मूल पार्टीको वैधानिक मान्यताका लागि दाबीसहित निर्वाचन आयोगलाई जवाफ पेस गरेको छ । ओली

नयाँ पत्रिका

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता …

अनलाइनखबर

निर्वाचन आयोगसँग प्रचण्ड-माधवको अडान : सूर्य चिह्न अरुलाई नदिइयोस्

२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल …

अनलाइनखबर

नेकपामा कुन समूह वैधानिक भन्नेमा निर्वाचन आयोगले अध्ययन गर्दै

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै कुन समूह वैधानिक भन्ने विषयमा प्रश्न उब्जिएको छ । दुवै आफूहरु नै वैधानिक भएको भन्दै निर्वाचन आयोगमा पुगेका छन् । ओली समूह मंगलबार र प्रचण्ड-नेपाल समूह बुधबार आफ्नो पक्षले गरेको निर्णय वैधानिक भएको दाबी गर्दै आयोग पुगेका हुन् ।  ओली समूहले आयोगमा नेकपाको...

उज्यालो अनलाइन

ओली पक्षको केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा, मिति हिजोको

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । ११ सय ९९ जना केन्द्रीय कमिटी सदस्यको सूची ओली समूहले आयोगमा बुझाएको प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।  ओली समूहले मङ्गलबार मात्रै बालुवाटारमा भेला गरेर के...

उज्यालो अनलाइन

समानुपातिकमा नियम मिचेर सिफारिस

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामवली पठाएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामवली पेस गरेका छन्।

Nagarik