१० वर्ष लगाएर बनाएकाे संविधान प्रधानमन्त्रीले अपहरण गर्नुभयाे : गगन थापा

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउनुभयो । 

बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बाेधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा निर्णय गर्ने उहाँको भनाइ छ । न्यायालय र न्यायाधीशहरूलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता थापाले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न उहाँले कार्यकर्तालाई आह्वान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभइ संविधान धारा र उपधाराअनुसार अघि बढ्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाली नागरिककाे ठूलो बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्न र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्न गाउँगाउँका सबै नागरिकलाई प्रष्ट पार्नुपर्ने नेता थापाले बताउनुभयो । 

सम्बन्धित सामग्री

गगन थापाको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपट गरे

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे।

नागरिक दैनिक

ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं: नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै शर्माले उनीमाथि संविधानको अपहरण गरेको आरोप लगाएका हुन्। 'केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको

पहिलो पोस्ट

मुलुकमा समृद्धिको तिर्खा छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको तिर्खामा रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षमा सरकारले गरेका विभिन्‍न उपलब्धिबारे सदनलाई जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले मुलुकमा समृद्धिको अभियानमा कति काम भयो? भनेर पेस गरेका छन् साथै यसबारे  छुट्ट...

थाहा खबर

बालकृष्ण, विमान अपहरण र कांग्रेस

यतिबेला बालकृष्ण ढुंगेलको रिहाइले राजनीतिक वृत्तमा अनेक प्रतिक्रिया उब्जिएका छन् । खासगरी गत निर्वाचनवाट नराम्रो हार बेहोरेको कांग्रेसले यसैलाई राजनीतिक मसला बनाउन उद्धत देखिन्छ । यस विषयलाई लिएर संसदमा बोल्दै कांग्रेस नेता गगन थापाले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गणतन्त्रको राजा’ बन्न खोजेको आरोपसम्म लगाउन भ्याए । उता सडकमा कम्युनिष्ट …

अनलाइनखबर