झारफुक गरि सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एक जनाकाे ज्यान गयाे

गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको भएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका छन् । 

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिनुभयो ।  

मालिका गाउँपालिका ६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाइ बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुल्न आएको पन्तले बताउनुभयो ।

मुखिया ढाड दुख्ने बिरामी भइ झारफुकका लागि गएको पुस २५ गतेदेखि निरन्तर श्रेष्ठको साथमा हुनुहुन्थ्यो । मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

झाँक्रिको ताण्डवः तातो फलामले डाम्दा एक जनाको मृत्यु

ढाड दुख्ने समस्या भएका विरामीलाई झारफुक गनेर निको पार्ने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ...

नेपाल आज

सर्पले डसेकालाई उपचार साटो झारफुक गर्दा गयो ज्यान

कपिलवस्तु : सर्पले डसेका एक जनालाई झारफुक गरिँदा ज्यान गएको छ।  शितगंगा नगरपालिका-५ थारपाइलाका यम बहादुर बेल्वासेको मृत्यु भएको हो। उनलाई आइतबार राति १ बजे सर्पले डसेको थियो। डसेपछि राति नै स्थानीले झारफुक गराएका थिए। झारफुकले सन्चो नभएपछि बिहान ६ बजे उपचारका लागि लगिएको थियो।...

थाहा खबर

झारफुकको बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

सेतोपाटी

झारफुक गर्ने बहानामा बलात्कार गर्ने झाँक्री पक्राउ

भक्तपुर - १३ वर्षीया बालिका बलात्कार गरेर फरार भएका झाँक्री (झारफुक गर्ने व्यक्ति) लाई प्रहरीले तीनदिनपछि पक्राउ गरेको छ ।  बिरामी बाबुको झारफुक गर्न गएकी १३ वर्षीया बालिकालाई मकवानपुरको मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५, घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका गुरु रोशन भन्ने हिरामणि प...

उज्यालो अनलाइन

झारफुकको बहानामा बलात्कार गर्ने गुरुवा पक्राउ

बर्दिया । बर्दियामा झारफुकको बहानामा महिलामाथि बलात्कार गर्ने एकजना गुरुवा पक्राउ परेका छन् । झारफुक गरेर क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा ...

नेपाल आज

झारफुकमा विश्वास गर्दा चौधरीको मृत्यु

दाङ : दाङको दंगीशरण गाउँपालिकामा १ जना महिलाको झारफुकमा विश्वास गर्दा ज्यान गएको छ। दंगीशरण गाउँपालिका- ५ बस्ने २५ वर्षका डसनी चौधरीको झारफुकमा विश्वास गर्दा मृत्यु भएको हो।  स्थानीय तुलसीपुर उपमहानगरपालिका- ६ डुम्रीगाउँ निवासी करण चौधरीकहाँ झारफुकका लागि बुधबार बिहान लगिएको थियो। झारफुककै ...

Thaha Khabar

धामीको झारफुकमा भर पर्दा ज्यान गयो

धामीले गर्ने झारफुकमा भर पर्दा दाङमा एक महिलाको अकालमै ज्यान गएको छ । औषधोपचार छाडेर धामीको झारफुकमा भर पर्दा दाङको दंगिशरण

Annapurna Post

झारफुक गर्दागर्दै बिरामीको मृत्यु भएपछि…

दाङमा एकजना महिलाको झारफुकको क्रममा मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिस निवासी २५ वर्षीया डसनी चौधरीको झारफुकका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। झारफुकका क्रममा बिरामीको मृत्यु भएपछि प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्ररीगाउँ निवासी ४५ वर्षीय करण चौधरीलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बुधबार…

Setopati