राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज शनिबार दिउँसो ३ बजे बस्दैछ। स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्ने तय भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनको उम्मेदवार छनोटसँग सम्बन्धित समितिका […]
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा […]
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा …
काठमाडौँ । हेटौँडा बजारमा जथाभावी पार्किङ र छरिएर सञ्चालन भइरहेका सुमो तथा बसका काउन्टरका कारण हुने सवारी चाप घटाउन उपमहानगरपालिकाले नयाँ व्यवस्थापनको तयारी थालेको छ । हेटौँडा–चौकीटोलस्थित रोपवे चौरलाई सुमो तथा अन्य सवारीसाधनको एकीकृत पार्किङ र टिकट काउन्टरका रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । हाल हेटौँडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसीएन रोड र […]