छोटकरीमा : आज- २०७७ पौष २३, बिहीबार

आज 'ओली समूहले गर्‍यो भीम रावलसहित तीन नेतालाई कारबाही', 'प्रधानमन्त्री ओलीको पुत्ला दहन', 'अब अन्तर बैंक एटीएममा बैंकले शुल्क लिन पाउने', 'अमेरिकी संसद् भवनमा हमला : ट्रम्पमाथि ‘सत्ताविद्रोह’को आरोप' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।



राष्ट्रियसभा सदस्य एवं नेकपा उपाध्यक्ष वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन्। राष्ट्रियसभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रनिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको गुनासो समेत गरेका छन्। 



नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले दाहाल-नेपाल समूहका नेता एव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाहीकाे सिफारिस गरेको छ। पार्टीको ३० लाख रकम अपचलन गरेको भन्दै पार्टी विधान बमोजिम भीम रावललाई प्रदेश इन्चार्जबाट हटाउन केन्द्रमा सिफारिस गरेको बताइएको छ।



सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। त्यस्तै, दुर्घटनामा परेका एकजना बेपत्ता भएका छन् भने अर्का एकजना गम्भीर घाइते भएका छन्। दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हाे।



राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन्। सभाकाे विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखेका हुन्। यस्तै, मुलुकको सम्मानित र उच्च ओहोदामा रहेको राष्ट्रपति संस्थालाई वर्तमान सरकारले हरेक कागजमा सही गर्न लगाएर बद्नाम बनाएको पनि नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले बताए। 



नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रशारण तथा वितरण लाइन र सव-स्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको बताएको छ।



संविधानसभाका तत्कालिन सभामुख तथा नेकपा (ओली समूह) का नेता सुवास नेम्वाङले संसद विघटनबारे सर्वाेच्चकाे फैसलापछि मात्र बाेल्ने बताएका छन्। तत्कालिन समयमा प्रधानमन्त्रीले संसद विघटनकाे व्यवस्था संविधानमै नराखिएकाे उल्लेख गरेकाे भिडियाे सार्वजनिक भएपछि उनले यस्ताे स्पष्टीकरण पेश गरेका हुन्।



प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ। पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरूले काठमाडौँ उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन्।



नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी एक रहँदा अध्यक्ष केपी ओलीले खेदेको खेदै गरेको बताएका छन्। देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनले बताए।



लन्डनमा ३० वर्षपछि पहिलोपटक जनसंख्यामा गिरावट आएको छ। अध्ययन संस्था एकाउन्टेन्सी फर्म पिडब्ल्युएसीको तथ्यांकअनुसार लन्डनमा यस वर्ष तीन लाख जनसंख्या घटेको छ। लन्डनको जनसंख्या करिब ९० लाखबाट ८७ लाखमा झरेको रिपोर्टले देखाएको छ।



अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा माघ १ गतेदेखि शुल्क लाग्ने भएको छ। कोभिडको जोखिमबाट बँच्‍न भन्दै सरकारले गत चैतदेखि शुल्क नलाग्ने व्यवस्था गरेको थियो।



नाइजेरिया दुई ठूला राजमार्गमा भएका अलग-अलग सवारीसाधन दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ। नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार बिहान भएको दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने काबा क्षेत्रमा भएको दुर्घटनामा आठजना यात्रुको निधन भएको थियो।



चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलिएको छ। बुधवार अमेरिकाको राजधानी वासिङटन डीसीस्थित संसद् भवनमा निर्वाचन परिणाम अनुमोदनको औपचारिकता पूरा गर्न बस्न लागेको संसद् बैठक बिथोल्न संसदभवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकले भवनभित्र तोडफोड समेत गरेका छन्। घटनापछि बसेकाे संसद्काे संयुक्त बैठकबाट जो बाइडेन र कमला ह्यारिसको विजय अनुमोदन भएकाे छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक