अमेरिकी संसद् भवनमा हमला : ट्रम्पमाथि ‘सत्ताविद्रोह’को आरोप

चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलिएको छ। बुधवार अमेरिकाको राजधानी वासिङटन डीसीस्थित संसद् भवनमा निर्वाचन परिणाम अनुमोदनको औपचारिकता पूरा गर्न बस्न लागेको संसद्को बैठक बिथोल्न ट्रम्प समर्थकहरूले हुलदङ्गा गरेका छन्। घटनाका क्रममा संसद् भवनभित्र तोडफोड भएकाे छ। घटनापछि बसेकाे संसद्काे संयुक्त बैठकबाट जो बाइडेन र कमला ह्यारिसको विजय अनुमोदन भएकाे छ।



अमेरिकाको राजधानी वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चार जना मारिएका छन्। यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरूप मृत घोषित भएको बताइएको छ। अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन्। जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए।



ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ। जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन्। त्यसको एकदिन पछिसम्म संकटकाल लगाइएको हो।



वासिङ्टनका भयावह दृश्यहरुबारे विश्वनेताहरूको चिन्ता :

  • बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले यसलाई अत्यन्तै शर्मनाक घटना भन्दै निन्दा गरेका छन्। 
  • स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरगनले पनि ती दृश्यहरु भयावह भएको प्रतिक्रिया दिएकी छन्। 
  • स्पेनका प्रधानमन्त्रीले चाहिँ आफू अझै पनि अमेरिकी प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने भन्दै ट्वीट गरेका छन्। 
  • जो बाइडेनको नयाँ प्रशासनले यस तनावग्रस्त माहोलबाट देशलाई बाहिर निकाल्दै अमेरिकी जनतालाई एकीकृत गर्ने बताएका छन्। 
  • नाटोका सचिव जेनेरल जेन्स स्टोल्टनबर्गले निर्वाचनको परिणामलाई सम्मान गर्न अपिल गरेका छन्। 
  • क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्युले चाहिँ प्रजातन्त्रमाथि सीधा हमला भएको देखेर आफू अत्यन्तै दुःखी र निराश भएको बताएका छन्। 
  • टर्कीका विदेश मन्त्रीले सबै पक्षलाई ‘कमन सेन्स’ प्रयोग गर्न भनेका छन् भने भेनेजुएला सरकारले चाहिँ हालका गतिविधि शर्मनाक र पश्चातापपूर्ण भएको बताएका छन्। 


राष्ट्रपति निर्वाचित जो बाइडेनले क्यापिटल भवनबाहिर हिंसा मच्चाइरहेका डोनाल्ड ट्रम्प समर्थकहरूका गतिविधिको कडा आलोचना गरेका छन्। उनले यसमा राष्ट्रपति ट्रम्पलाई हिंसा रोक्न प्रभावकारी कदम उठाउन माग पनि गरेका छन्।



संसद्‌भित्र र बाहिर समर्थकहरूले गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर, फेसबुक र इन्स्टाग्रामले एकाउन्ट ब्लक गरिदिएका छन्। सामाजिक सञ्जालले हमलापछि ट्रम्पले पोस्ट गरेको भिडियो विवादित भन्दै हटाएका हुन्।



वासिङ्गटन डिसीस्थित क्यापिटल्स हिल्समा ट्रम्प समर्थकले गरेको हिंस्रक संघर्ष र दंगापछि अमेरिकी संसद्‌मा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जीत प्रमाणिकरणका लागि छलफल सुरु भएको थियो।यसैबीच अमेरिकी संसद्को संयुक्त बैठकले बाइडेन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको निर्वाचनको जितलाई अनुमाेदन गरेकाे जनाएकाे छ।



उता, राष्ट्रपति ट्रम्पलाई जनवरी २० अघि नै हटाउने दुई वटा बाटा भएकाे विश्लेषण गरिन थालिएकाे छ। राष्ट्रपटि ट्रम्पलाई सिनेटबाट महाभियोग लगाएर हटाउन सकिने भएपनि उनको कार्यकाल सकिन दुई हप्ताभन्दा कम समय रहेकाले महाभियोग प्रक्रिया पूरा गर्न पर्याप्त समय नहुने बताइएको छ। अमेरिकी संविधानको २५औं संशोधनमा गरिएको व्यवस्थाअनुसार पनि ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन सकिने विश्लेषकहरूले बताएका छन्। त्यसका लागि बाइडेनले शपथ ग्रहण गर्ने बेलासम्म उपराष्ट्रपति माइक पेन्सले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्नेछ।



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'व्यवस्थित ढङ्गले' शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन्। ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै 'जघन्य हमला' बताएका थिए। आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक