चार चरणमा खोप लगाउने तयारी, उपचारमा खटिने पहिलो प्राथमिकतामा

केशवराज पौडेल
काठमाडौ, पुस १८ गते । नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो ।
‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ ।
पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।
५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो ।
अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ ।
खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरी खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।
नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा. घिमिरेले भन्नुभयो ।
नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ ।
नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

 

सम्बन्धित सामग्री

बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेकालाई दिइने

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।          भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उहाँले भन्नुभयो, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौँ ।”          मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताउनुभयो । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उहाँको भनाइ छ ।    

गोरखापत्र

एकदेखि आठ डिग्रीमा एक करोड ७० लाख भाइल भण्डारण हुने

विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ । छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले एकदेखि आठ डिग्री सेल्सियसमा एक करोड ७० लाख खोपको भाइल भण्डारण गर्न सकिने पूर्वाधारको विकास भैसकेको बताउनुभयो ।

गोरखापत्र

कोभ्याक्स मात्र कुरेका छैनाैं,भारत र चीनसँग पटकपटक कुरा भएको छ

सरकार कोभ्याक्सले उपलब्ध गराउने काेराेना विरूघ्दकाे खोपको मात्रै भरमा नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा भण्डारण गर्न सक्ने प्रकृतिको खोप भारत, चीनमा उत्पादन भैसकेको र त्यसले चौथो चरण समेत पार गरेकाले सरकारले सकेसम्म छिटो नेपालमा खोप भित्राउने तयारीमा लागेको डा.शर्माले बताउनुभयो ।

गोरखापत्र

खोपमा अनुदानको मात्र भर पर्दा ढिलो हुनसक्छ किन्ने तयारी जरुरी

कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा सहजै आयात कसरी गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय तयारी गरेको छ भने अर्थमन्त्रालयले वित्तिय प्रबन्ध मिलाउन थालेको छ । सरकारी संयन्त्रले आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय तयारी थालेपनि समयमै भ्याक्सिन पाउन धेरै प्रक्रिया पूरा गर्न आवश्यक रहेको डा.प्रकाश घिमिरे बताउनुहुन्छ । कोरोना भाइरस बिरुद्धको खोपको चर्चा विश्व बजारमै चुलिएको छ । नेपालमा पनि कोरोना बिरुद्धको खोपको बारेमा निक्कै चर्चा परिचर्चा भैरहेको छ । विश्वमा १० वटा कम्पनीले तेस्रो चरणमा खोपको सफल परीक्षण गरेका छन् । केही देशले भने खोप लगाउन सुरुनै गरिसकेका छन् । तर कोभ्याम्सले भने कुनै पनि कम्पनीलाई यो समाचार तयार पार्दासम्म अन्तिम अनुमति दिएको छैन ।

गोरखापत्र

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

पालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिनुभयो ।

गोरखापत्र

मेलम्ची बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । गेटहरुको काम यही माघ महिना सम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिदैँ उहाँले चाँडै सिधिने बताउनुभयो । केही समय अगाडि नै अस्थायी बाँध बनि सकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो । बाँध निर्माणको काम अन्तिम चरण पुगेको बताउदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

गोरखापत्र

कोभिड–१९ विरुद्धको खोप ल्याउने सरकारको तयारी

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।           स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।           उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिनुभयो । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।     “खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन”, उहाँले भन्नुभयो, “खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।”    

गोरखापत्र

कानुनी बाटाे खुल्याे, भण्डारण समस्या, क्षमता थप्ने तयारी

कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पु¥याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ । अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । अहिले हामीसँग भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ । त्यस्तै नेपालमा विगतदेखिनै भण्डारण गदैै आएको र २ डिग्रीदेखि ८ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा. शर्माले भन्नुभयो ।

गोरखापत्र

‘सिड’ ल्याएर पनि तत्काल सम्भव छैन, शून्यबाटै काम थाल्नुपर्छ

विश्वका विकसित, अल्पविकसित तथा अविकसित देशहरु यति बेला कोभिड–१९ को भ्याक्सिन (खोप) बनाउने अभियानमा छन् । खोपको अनुसन्धान तेस्रो चरण पूरा गरी अन्तिम तथा चौथो चरणमा प्रवेश गर्दैछ । यसै क्रममा विश्वका केही देशले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्ने र खोप उत्पादनमा नेपाललाई सघाउने पनि बताउँदै आएका छन् । खोप विकासको काममा सफलता हात पारी त्यसको सिड नेपालमा ल्याएर खोप बनाउन सकिन्छ कि सकिँदैन ? भनेर बहससमेत सुरु भइसकेको छ । केन्द्रीय रेबिज भ्याक्सिन प्रयोगशाला त्रिपुरेश्वरले रेबिजको भ्याक्सिन बनाएर नेपालमै सफल प्रयोग गरेको थियो । त्यो समयको नेतृत्व डा. सुर्दशन गौतमले गर्नुभएको थियो । नेपालमा कच्चा पदार्थको उपलब्धता भएमा नेपालमा कोरोनाको खोप बनाउन सकिन्छ ? भनेर उहाँसँग प्रश्न सोध्दा उहाँले तत्कालै नेपालमा कोरानाको भ्याक्सिन बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो । भ्याक्सिन एकै पटक तयार पार्न नसकिने भएकाले त्यसमा प्रयोग हुने सिडको उपलब्धता र त्यसको लागि लामो अध्ययन आवश्यक रहेको डा. गौतमले बताउनुभयो ।

गोरखापत्र