छोटकरीमा २०२० : सांसद अपहरण प्रकरण

सरकारले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएको थियो। त्यस लगत्तै प्रधानमन्त्रीकै निर्देशनमा नेकपाका सांसदहरू श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई अपहरणकाे शैलीमा काठमाडाैँ ल्याई समाजवादी पार्टी फुटाउन खोजेको आरोप सरकारमाथि लागेको थियाे।



समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौँ ल्याउन पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल, नेकपाका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ सहभागी भएपछि त्यसबारेमा विभिन्न क्रिया प्रतिक्रिया भए। सामाजिक सन्जालमा पूर्व आइजीपी खनालको विषयमा गम्भीर क्रिया प्रतिक्रियाकाे भाष्य सिर्जना भयाे। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय बस्नेत र श्रेष्ठसहित पूर्व आइजीपी खनाल सांसद यादवको घर पुगेर काठमाडौँ ल्याउनु र ल्याउने आउने दुवैले स्वीकार गरेको अवस्थामा यसलाई राजनीतिभित्रको फोहोरी खेल मात्र भनिएन राजनीतिकभित्रको अपराधिकरणका रूपमा समेत पनि भनि अर्थ्याइयाे। अझ यसलाई सत्ता संरक्षित अपराधिकरणको संज्ञा समेत दिइयो। उता नेकपाका सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाए।



समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी विभाजनका लागि पार्टीका सांसदलाई अपहरण गरेको आरोप लगाए। डा. भट्टराईका अनुसार पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको हो । 



उता नेकपाका सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाए।



त्यस्तै, पूर्व आइजीपी खनाल तथा नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठले समाजवादी पार्टी विभाजन गर्ने मनसायले सो पार्टीका सांसद यादवलाई महोत्तरीस्थित घरबाटै जबर्जस्ती गाडीमा हालेर काठमाडौँ ल्याएको आरोपमा काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भयो।  



सरकारले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएसँगै प्रधानमन्त्रीकै निर्देशनमा नेकपाका सांसदहरू श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई अपहरणकाे शैलीमा काठमाडाैँ ल्याएकाे आरोप सरकारविरुद्ध लाग्याे। घटनालाई सत्ता संरक्षित अपराधकाे संज्ञासमेत दिइयाे। पछि अपहरण पुष्टि नभएकाे निष्कर्ष प्रहरीले निकाल्याे।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७७ माघ ०२, शुक्रबार

आज 'विष्णु पौडेल पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रियामा अघि बढ्यो प्रचण्ड-नेपाल समूह', 'संसद् विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने', 'नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति', 'विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : नयाँ कोरोना भाइरस

बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै विश्वभर थप चिन्ता बढ्न थाल्यो। विश्व स्वास्थ्य संगठन, डब्लूएचओले यसअघि बेलायती अधिकारीहरुले खबर गरेको नयाँ रूपान्तरित कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्कमा रहेको जनायो। यो नयाँ रूपान्तरित भाइरस सुरुवाती भाइरसभन्दा धेरै तीव्रसाथ फैलन सक्ने बताइएको छ तर त्योभन्दा खतरनाक चाहिँ नभएको विश्वास गरिदै आइएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : पौष महिना (अन्तर्राष्ट्रिय)

पौष महिना सुरु हुँदानहुँदै स्वरूप बदलिएर आएको कोरोना भाइरसले विश्वलाई पुन: त्रसित बनायो। त्यससँगै इजरायलमा संसद विघटन र अमेरिकी संसद भवनमा हमलाले विश्वलाई त्यतातर्फ खिच्यो। इरान र जापानको को हिमपहिरो, बारेन्ट्स समुद्रको डुंगा दुर्घटना, यमनस्थित एडेनको विमानस्थलमा आक्रमण,अल्जेरियाको सडक दुर्घटना लगायतका घटनाले ठूलो जनधनको क्षति गरायो। पौष महिनाभारको सम्पूर्ण गतिविधिहरू यहाँ सूचीकृत गरिएकाे छ।

छोटकरी सम्पादक

छोटकरीमा : पौष महिना (राष्ट्रिय)

यस महिना संसद विघटन र त्यसपश्चातको उतारचढाव राजनीतिक वृतमा चर्चाकाे विषय बन्याे। संसद विघटनको विरोधमा उल्टाे हिँड्नेदेखि लालटिन जुलुससम्म निकालियो भने प्रधानमन्त्रीको उक्त कदमबारे टिकाटिप्पणी भइरह्यो। यता, पौषको तेस्रो साता काठमाडौँ शहर विश्वकै प्रदुषित शहरको सूचीमा अग्रस्थानमा पुग्यो। देशभर बढेको चिसोले सीमा नाघेपछि जनजीवन कष्टकर बन्न पुग्यो। स्वरूप बदलिएको भनिएको कोरोनाले देशलाई त्रासमा राख्यो। यहाँ पाैष महिनाभरिका मुख्यमुख्य घटनाक्रमलाई सूचकाक्षर गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : पौष महिनाको राष्ट्रिय राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपश्चात असन्तुष्ट प्रचण्ड-नेपाल पक्ष, प्रतिपक्षी दलहरू, विद्यार्थी संगठन तथा सचेत नागरिक समूहले चरणबद्ध रूपमा दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन्। अर्कोतर्फ ओली पक्षधर समूह नयाँ जनादेशमा जानु औचित्यपूर्ण भएको बताउँदै आएकाे छ। संसद विघटन भएको करिब एक महिना पुग्न लाग्दा राष्ट्रिय राजनीतिमा देखिएका सम्पूर्ण हलचललाई यहाँ सूचाकक्षर गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ माघ ०१, बिहीबार

आज 'प्रचण्ड-माधव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो', आन्दोलन अझै प्रभावकारी बनाइने', 'चुनाव नगराए ओलीलाई देशमा बस्नै नसक्ने बनाउने देउवाको चेतावनी', 'मनाइयो माघी', 'कोरोना भाइरसको उत्पत्ति बारे अध्ययन गर्न डब्लूएचओको टोली वुहानमा', 'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रोपटक महाभियोग' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज- २०७७ पौष २९, बुधबार

आज 'निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन', 'प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा', 'जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते', 'अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक