छोटकरीमा २०२० : ओली सरकारका काण्डहरू

वर्ष २०२० मा बहुचर्चित बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्ड, बूढीगण्डकी काण्ड लगायतका काण्ड एवम भ्रष्टाचारका कारण सत्तारुढ दलको छवि जनतामाझ धुमिल हुँदै गयो। नेकपाकै कतिपय नेताहरूले समेत सरकारका काम कारवाहीका बारेमा सार्वजनिक रूपमै आलोचना गरे।



क. बालुवाटार जग्गा प्रकरण :

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गराएको रहस्योद्घाटनसँगै सरकारले केहीलाई संरक्षण गरेकाे आराेप लाग्याे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि बालुवाटार जग्गा काण्डमा मिलेमतो रहेको ठानिएका केहीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा छुट दिएको देखियो। यसरी भेदभाव गर्नुका पछाडि सरकारकै भूमिका रहेको विश्लेषकहरू बताउँछन्।



ख. ओम्नी काण्ड :

कोरोना महामारीका बीच सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई दियो। हिउँदे अधिवेशनमा सांसदहरूले कोरोना संक्रमणको विश्वव्यापी प्रसारप्रति सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सतर्कता अपनाउन र स्वास्थ्य सामग्रीको जोहो गर्न बारम्बार आग्रह गरे। त्यतिबेला ‘पर्यटन वर्ष’ मनाउने हठमा रहेको सरकारले स्वास्थ्य सामग्री खरिदमा चासो देखाएन। बरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ‘चीन र दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने’ प्रचलन रहेको भन्दै प्रतिनिधिसभामै सरकारको ध्यानाकर्षण गराउने सांसदलाई कटाक्ष गरे।

जब संक्रमण फैलिन थाल्यो, स्वास्थ्य सामग्री आयातमा अनुभव नै नभएको ओम्नीलाई सरकारले हतारमा महँगो मूल्यमा सामान ल्याउन स्वीकृति दियो। विशेष परिस्थितिमा सोझै खरिद गर्न सक्ने सार्वजनिक खरिद ऐनको व्यवस्थालाई देखाउँदै सरकारले ओम्नीसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको थियो।



ग. बुढीगण्डकी काण्ड:

करिब एक दशकदेखि विवादको भुमरीमा रुमल्लिरहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको पछिल्लो अभिव्यक्तिले मुलुकको राजनीतिक वृत्तमा ठूलै तरंग पैदा गरेको छ। यही सेरोफेरोमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी आयोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको दावी सार्वजनिक रूपमै गरे। उनले अनियमितताको आफूसँग प्रमाण नै रहेको दावीसमेत गरे।



सरकार विरोधी प्रदर्शनहरू :

यी-यस्ता विभिन्न काण्ड र कोरोना महामारीको समयअवधिमा सरकारले आवश्यक काम नगरेको भन्दै देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनहरू भएका थिए।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक