छोटकरीमा : आज-२०७७ पौष १६, बिहीबार

आज अमेरिकी दुतावासले संसद विघटनलाई नेपालको आन्तरिक मामिला भन्यो, लुम्बिनी चिनी मिलका संचालक पक्राउ, प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नरहेको सभामुखको दाबी, दिल्लीमा नयाँ वर्षमा रात्रीकालिन कर्फ्यु, यमनको विमानास्थलमा आक्रमण लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



संसद विघटनलगायत नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले पनि मुख खोलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ। 



कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको बताएका छन्।

नेता पौडेल विघटित संसद पुन:स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नु हुँदैन भन्नेहरू दरबार परस्त भएको बताए।



लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले आज अग्रवाललाई नियन्त्रणमा लिएको हो ।



नेपालका लागि भारतीय राजदूतावासले कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। विश्वमा विभिन्न संस्थाहरूसँग संलग्न भएर भारतले कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गरिरहेको छ।



वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यात्मक कदम भएको टिप्पणी गरेका छन्। उनले प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव विकासविरोधीहरूले राखेको बताए।



पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरूले संयुक्त रूपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन्।



म नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको मुद्रास्फीति ह्वातै बढेको छ। तेलहन, गेडागुडी तथा दलहन र चामलको मूल्य पछिल्लो समय आकाशिएको उपभोक्ताको गुनासो छ।



पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। 



वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो। 



भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै आज र भोलि राति कर्फ्यु लगाउने निर्णय गरेको छ। दिल्लीका ८ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको उल्लेख गरिएको छ।



चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःसर्त’ अनुमति दिएको छ। चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ।



दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीन विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। सरकारी अधिकारीहरुलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ।



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स कार्यक्रमअन्तर्गत् सबै न्यून आय भएका मुलुकहरुमा खोप पुर्‍याउने प्रतिबद्धता जनाएको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले बुधबार नयाँ वर्षको भर्चुअल शुभकामना दिँदै कुनै पनि न्यून आय भएका मुलुकहरू खोप कार्यक्रमबाट बञ्चित हुन नपर्ने बताएका हुन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक