काठमाडौं । पाकिस्तानले साफ महिला च्याम्पियनसिपमा सान्त्वना जित दर्ता गरेको छ । पाकिस्तानले मंगलबार माल्दिभ्सलाई ७–० ले हराएको हो । योसँगै पाकिस्तानले काठमाडौंमा जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले...